हस्पिटालिटी तालिमको समापन ।

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा विभिन्न होटलमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि सञ्चालित १६ दिने (९६ घण्टे) निःशुल्क वेटर÷वेट्रेस तालिमको बुटवलमा समापन गरिएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता रहेको समापन समारोहमा बोल्नुहुँदै वहाँले वेटर÷वेट्रेसको तालिमले प्रशिक्षार्थीलाई आतिथ्य सत्कार क्षेत्रमा आवश्यक सेवा शिष्टाचार ,व्यवसायिक व्यवहार, सौजन्यपूर्ण सञ्चार तथा गुणस्तरीय ग्राहक सेवा सम्बन्धी अत्यन्तै महत्वपूर्ण ज्ञान र व्यवहारिक सीप प्रदान गर्नुको साथै आजको प्रतिस्पर्धात्मक श्रम बजारमा यस्ता दक्षता आधारित तालिमहरु युवाको रोजगारी तथा आत्म निर्भरता निर्माणमा एक आधारभूत मञ्चबन्ने उल्लेख गर्नुभयो । यो तालिम केवल केहीदिनको प्रक्रिया नभई भविष्य नर्माण तर्फको कदम भएको र यसको साथसाथै सेवा दिन सक्ने व्यवहार, मिठो बोली र व्यवसायिक ढंगले काम गर्न सक्ने क्षमता नै प्रशिक्षार्थीहरूको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुुहुँद सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देहीउद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।
स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीका प्रबन्ध निर्देशक धिरेन राकस मगरले तालिममा सिकेका कुराहरूलाई सदुपयोग गरी व्यावसायिक मर्यादा र निष्ठाका साथ अघि बढ्न आग्रह गर्दै मुस्कान सहितको सेवा, समयको मूल्य , आत्म अनुशासन र प्रशिक्षार्थीहरूको पहिचान बनुन् भन्ने शुभकामना दिनुभयो ।
प्रशिक्षकको रूपमा रहन ुभएका चिरन ढुङ्गानाले प्रशिक्षार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै तालिमपछि पनि निरन्तर अभ्यास र आत्म विकासको यात्रामा अघि बढ्न शुभकामना दिनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट बोल्नुहुँदै ड्रिम इन्टरनेसनल होटलकि बिनु रानाले प्रशिक्षकको मार्गदर्शन, अभ्यासात्मक तालिम विधि र निरन्तर प्रेरणाले आत्म विश्वास, सिप क्षमता र पेशाप्रति प्रतिबद्धता विकास भएको अनुभव सुनाउनुभयो । त्यसैगरी प्रशिक्षार्थीकै रूपमा बोल्नुहुँदै डार्सिस इन्टरनेसनलका सफल थापाले आयोजक संस्थालाई धन्यवाद दिँदै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर र व्यवसायिक जीवनमा अघि बढ्ने कुरा बताउनुभयो ।
रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालनमा भएको कार्यक्रममा १४उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो ।
ग्राहक सेवा गुणस्तर सुधार गर्दै व्यवहारिक तथाव्यवसायिकसिपहरू विकास गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र स्वच्छता तथा सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।