अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न ।

अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न ।
२६ माघ, २०८१
बुटवल
रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण) को सहकार्यमा संचालित सिप विकास इकाईद्धारा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिममा रुपन्देही उद्योग संघको संलग्नता सम्बन्धि बाग्मति प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अगुवाइमा आएको प्रतिनिधि मण्डल विच रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता र बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैेरेको प्रमुख आथित्यतामा अनुभव आदानप्रदान तथा अनतरक्रिया कार्यक्रम सम्पन भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले भ्रमणका प्रतिनिधीहरुलाई स्वागत गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा गरेको योगदानको वारेमा जानकारी दिई इन्स्योर परियोजनाको सहयोगमा उद्योगमा रहेको जनशक्तिको अभावलाई न्यूनीकरणका लागि पेशाकर्मीहरुलाई सिप अभिवद्धि तालिम संचालन गर्दा जनशक्तिको क्षमता अभिवृद्धि र उद्योगको उत्पादनमा टेवा पुगेको जानकारी गराउनु भयो ।
प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी लुम्बिनी प्रदेशमा भए गरेका प्रयासहरुको अध्ययन अवलोकन तथा अनुभव आदान प्रदान मार्फत प्रभावकारी कार्यान्वयका लागि सहयोग पुग्ने उद्धेश्यले विभिन्न निकाय तथा उद्योग प्रतिष्ठान र प्राविधिक विद्यालयहरुको भ्रमण गरेको जानकारी गराउदै देशभित्र नै प्रर्याप्त जनशक्तिको अभावका कारण वाहिरवाट आयात गर्नुपरेको कुरालाई मध्यनजर गर्दै जनशक्तिलाई प्राविधिक सँग जोड्ने प्रयास भएको र विभिन्न सिकाई अनुभवहरुलाई एकत्रित गर्ने जमर्काे गरिएको बताउनुभयो ।
रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले रुपन्देही उद्योग संघ सिप विकास इकाई मार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा भएका कार्यहरुको प्रस्तुतीकरण गर्दै उद्योगहरुमा काम गर्ने पेशाकर्मीहरुका लागि सिप अभिवृद्धि तालिममा २४९ वटा उद्योग मार्फत ३११ जनालाई विभिन्न विषयका तालिमहरु संचालन गरिएको र उद्योगहरुका मानव संसाधन पोलिसी निर्मांण, व्यावसाय जन्य सुरक्षा र स्वास्थ्य तालिम र औधोगिक प्रशिक्षार्थी तालिमका प्रशिक्षार्थीहरुको उद्योगमा प्लेसमेन्ट, कार्यस्थलमा हुने सिकाइको लागि प्राविधिक विद्याालय,साझेदार उद्योगहरु र प्रशिक्षार्थीहरुको अनुगमन तथा पृष्ठपोषण प्रदान लगायतमा कार्यहरुमा योगदान रहेको जानकारी गराउनुभयो ।
कार्यक्रमका सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुहुदै संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले प्राविधिक जनशक्ति उत्पादन तथा स्तरवृद्धिका लागि निरन्तर रुपमा कार्य गर्ने जानकारी गराउदै उपस्थित सवैलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पदाधिकारी तथा सदस्यहरु, मन्त्रालयका महाशाखा प्रमुख, इन्स्योर परियोजना बाग्मति प्रदेश र लुन्बिनी प्रदेश टिभेट कोअर्डिनेटरहरु, बागमति प्रदेश अन्र्तगत शिक्षालयका प्रतिनिधि,स्थानीय तहका प्रतिनिधी, बागमति प्रदेश उद्योग परिसंघका प्रतिनिधी लगायत ३४ जनाको सहभागिता रहेकोे कार्यक्रमको संचालन सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नु भएको थियो ।