RCI



रुपन्देही उद्योग संघको आयोजना र बिटीआइको संयोजनमा वेसिक अटो क्याड तालिमको शुभारम्भ

रुपन्देही उद्योग संघको आयोजना र बिटीआइको संयोजनमा वेसिक अटो क्याड तालिमको शुभारम्भ

रुपन्देही उद्योग संघको आयोजना र बिटीआइको संयोजनमा वेसिक अटो क्याड तालिमको शुभारम्भ

जेष्ठ ,०७, २०८१

बुटवल

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि वुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा २४ दिने (९६ घण्टे) वेसिक अटो क्याड तालिमको सोमवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

बुटवल टेक्नीकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक अभिमन्यू भिर्माजुन पन्थीको अध्यक्षता र रुपन्देही उद्योग संघका का.वा.अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा तालिमको शुभारम्भ गरिएको थियो ।

तालिमको शुभारम्भ कार्यक्रममा मन्तव्य राख्नुहुदै रुपन्देही उद्योग संघका का.वा.अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सिकेका सिपहरुलाई व्यावहारमा उतार्न र सिपको अधिकतम उपयोग गरी उपलब्धिमुलक बनाउन आग्रह गर्नुभयो । उहाँले क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक उत्पादकत्वमा वृद्धिका लागि सिपयुक्त जनशक्तीको उत्पादन गर्न विभिन्न विषयमा विभिन्न स्थानहरुमा रुपन्देही उद्योग संघ मार्फत विभिन्न तालिमहरुको आयोजना गर्दै आएको बताउनु भएको थियो ।

कार्यक्रममा बुटवल टेक्नीकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक अभिमन्यू भिर्माजुन पन्थीले तालिमको सिकाई स्तर प्रभावकारी बनाउन विटीआइको अधिकतम योगदान हुने प्रतिवद्धता जनाउँदै अहिेलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको भनाइ राख्नु भएको थियो, साथै रुपन्देही उद्योग संघले उद्योगमा रहेको जनशक्तिको क्षमता अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो ।

तालिमको शुभारम्भ कार्यक्रम संचालन तथा स्वागत मन्तव्य बिटीआइका तालिम संयोजक मानकाजी कुमालले गर्नु भएको थियो भने तालिमको व्यावस्थापन रुपन्देही उद्योग संघ, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गरेका थिए । तालिममा २० वटा उद्योगमा कार्यरत २० जनाको सहभागिता रहेको थियो ।