RCI



वारिष्टा तालिमको शुभारम्भ

वारिष्टा तालिमको शुभारम्भ

वारिष्टा तालिमको शुभारम्भ

बुटवल जेष्ठ ३१, २०८१

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा बुटवल क्षेत्रका होटल व्यावसायमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेष्ठ ३१ गतेदेखि होटल तथा रेस्टुरेन्ट व्यावसायी संघ रुपन्देहीको समन्वयमा हुने १६ दिने (९६ घण्टे) वारिष्टा तालिमको एक समारोहकावीच स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटी प्रा.ली बुटवलमा उद्घाटन गरिएको छ ।

होटल तथा रेस्टुरेन्ट व्यावसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता र रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष हरि वहादुर खत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई तालिमको वारेमा अभिमुखिकरण समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष हरि बहादुर खत्रीले वारिष्टा तालिमका प्रशिक्षार्थीहरुलाई सिकाइ स्तर प्रभावकारी वनाउन र अधिकतम सिप अभिवद्धि गरी व्यवहारमा उतार्न सहभागीहरुको सक्रिय सहभागिता रहनुपर्ने कुरा राख्नुहँुदै, होटल व्यावसायको आम्दानी बृद्धि र पर्यटन व्यावसायमा समेत टेवा पु¥याउन आग्रह गर्नुभयो । उहाँले तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई व्यावसाय उत्पादकत्वमाबृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले सिपअभिवृद्धि तालिमहरु लुम्विनी प्रदेशका विभिन्न ठाउँमा आयोजना गरेको बताउनु भयोे । रुपन्देही उद्योग संघले आगामी दिनहरुमा यस्ता थुप्रै औद्योगिक तथा व्यावसाय जन्यजनशक्ति तयार गर्न आवश्यकता वमोजिमका शिपमूलक तालिमहरु संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

वारिष्टा तालिमको उद्घाटन कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यावसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले सिपयुक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउन सहयोगीको भूमिका निर्वाह गरी तालिमका लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघ, सिपविकास इकाईलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

विभिन्न होटल व्यावसायहरुमा कार्यरत पेशाकर्मीहरुका लागि दैनिक ६ घण्टा चल्ने १६ दिनको ९६ घण्टे वारिष्टा तालिमको शुभारम्भको अवसरमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका ब.उपाध्यक्ष माधव खनालले तालिमको सिकाई स्तर प्रभावकारी हुनुपर्ने बताउँदै समयकोविकासक्रम सँगसंगै नयाँसिपको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने बताउनुभयो । वहाँले व्यावसायमा दक्ष जनशक्तिका लागि यस्ता सिप विकास तालिमको महत्वपूर्ण योगदान रहेको बताउदै, रुपन्देही उद्योग संघले होटल व्यावसायमा रहेको जनशक्तिको क्षमता अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो । उक्त तालिममा इन्स्योर परियोजनाका प्राविधिक अधिकृत सन्तोष अधिकारी लगायतको सहभागिता रहेको कार्यक्रममा सिपविकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालको व्यवस्थापन र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका सह कोषाध्यक्ष माधव प्रसाद ढकालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम संचालन होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका महासचिव अर्जुन थापाले गर्नु भएको थियो ।