RCI



उद्योगीद्धारा औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीस ) छनौट कार्यक्रम सम्पन्न ।

उद्योगीद्धारा औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीस ) छनौट कार्यक्रम सम्पन्न ।

उद्योगीद्धारा औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीस ) छनौट कार्यक्रम सम्पन्न ।

६ चैत्र, २०८१

बुटवल

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा आ.व.२०८१÷०८२ मा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सरकार मार्फत कार्यान्वयन रहेको औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) छनौट कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले प्रशिक्षार्थी भर्नाको प्रारम्भमा संघले विभिन्न गतिविधि मार्फत उद्योगी,प्राविधिक विद्यालय तथा शिक्षालयलाई समन्वयकर्ताको भूमिका निर्वाह गर्ने बताउनु हुँदैकार्यक्रममा आबद्ध सहभागि भएका प्रशिक्षार्थीहरुको अभ्यास तथाउनीहरुको सिकाइ क्षमता अभिवृद्धि गर्ने कार्यमा उद्योग संघको योगदान रहने विश्वास दिलाउनु भयो ।

पञ्चकन्या ग्रुपकामहाप्रबन्धक देवेन्द्र साहुलेप्राविधिकसिपयुक्तजनशक्तिविकासकालागि यो कार्यक्रम राम्रो रहेको,वहुपक्षीय समन्वयको माध्यमवाट उद्योग व्यवसायलाई दक्षजनशक्तिउत्पादनगर्न सकिने,प्रशिक्षार्थीहरुले तालिम सकिदा साथ रोजगार तथा स्वरोजगारको अवसर प्राप्तहुने बताउनुभयो ।

कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका कोर्डिनेटर भीम पाण्डेले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका लागि औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) उद्योगी र प्राविधिक जनशक्ति विकासका लागि नङ्ग र मासुको सम्बन्ध रहेकोे बताउनुभयो।

रुपन्देही उद्योग संघ पूर्व महिला सचिवतथा नेसन इन्जिनियरिङ सञ्चालक माया खनालले पछिल्लो समयमा महिला उद्यमीहरूको सहभागिता बढ्दो भएको बताउनुहुँदै प्रशिक्षार्थीलाई हौसला प्रदान गर्नुभएको थियो ।

इन्स्योर परियोजना टिभेट प्रदेश कोर्डिनेटर राजकुमार सेतीमहरले दिगो र सम्मानीत रोजगारकालागि सीप परियोजना र औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) तालिम कार्यक्रमको भर्ना प्रक्रियाको वारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।रूपन्देही उद्योग संघ सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले उद्योग,प्राविधिक शिक्षालय, विद्यालयहरु,व्यवसायिक संघ संंगठन विच औधोगिक प्रशिक्षार्थी छनौट तथा त्रिपक्षिय सम्झौता सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रशिक्षार्थी छनोटका क्रममा अन्तरक्रिया तथा समुह कार्य मार्फत नौवटा उद्योगले २६ जना औद्योगिक प्रशिक्षार्थी प्लेसमेन्टका लागि प्रशिक्षार्थी छनोट गरी त्रिपक्षीय सम्झौतागर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।रूपन्देहीउद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनम ाभएको कार्यक्रममा १६ उद्योगी, २० जना औद्योगिक प्रशिक्षार्थी लगायत ५२ जनाको सहभागिता रहेको थियो।