RCI



पि.एल.सी. अटोमेसन तालिम

पि.एल.सी. अटोमेसन तालिम

पि.एल.सी. अटोमेसन तालिम

३० फाल्गुण, २०८०

रुपन्देही उद्योग संघ रुपन्देहीको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा यस क्षेत्रका उद्योगहरुको पि.एल.सी.अटोमेसनमा कार्यरत पेसाकर्मीहरुको सीप अभिवृद्धिका लागि सिप अभिृवृद्धि तालिम शुभारम्भ भएको छ ।

रुपन्देही उद्योग संघको सभाहलमा संचालन गरिएको उद्घाटन सत्रको कार्यक्रम संघका अध्यक्ष श्री दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले संघले हालसम्म कामदारहरुका लागि सिप अभिवृद्धि तालिमहरु संचालनमा रहेको र विभिन्न तालिमहरु सम्पन्न भइसकेको जानकारी गराउँदै अव उद्योगमा रहेको जनशक्तिलाई आवश्यक पर्ने तालिमको पहिचान गर्दै सम्बन्धित विषयका तालिमहरु संचालन गर्ने कुरा बताउनु भएको थियो ।

विभिन्न उद्योग प्रतिष्ठानका कार्यरत २० जना पि.एल.सी.सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउन तालिमले सहयोग पुयाउने विश्वास लिइएको छ ।

विशेषज्ञ प्रशिक्षकद्धारा दैनिक ४ घण्टा (२४ दिन) संचालन हुने तालिमले सहायक स्तरका कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधारल्याई दक्ष कामदार बन्न र उद्योगका उत्पादन अभिवृद्धिमा सहयोग पु¥याउने छ । तालिम अवधिमा सहभागिहरुलाई स्वचालन परिचय, यसका कम्पोनेन्टसहरु, परिक्षण उपकरण, समस्या निवारण, उर्जाको समुचित व्यावस्थापन पद्धति, नयाँ मेसिनको स्थापना र सुरक्षा संयन्त्र, उत्पादकत्व अभिवृद्धि लगायतका विषयहरु समेटी सैदान्तिक र प्रयोगात्मक रुपमा कक्षा संचालन गरिने छ ।

रुपन्देही उद्याग संघले उद्योग प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालनमा ल्याएको सिप विकास इकाइद्धारा तालिम संचालन गरिएको छ ।

कार्यक्रममा संघका कार्यसमिति सदस्य लाल प्रसाद वस्यालले तालिमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन सहभागिहरुको सहभागिता नियमित हुनुपर्ने साथै सिकाई उपलब्धिमुलक हुने शुभेच्छा राख्दै सफलताका लागि शुभकामना दिनु भएको थियो ।

दिगो तथा समानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर, दोश्रो चरण) परियोजना सहयोग इकाई, लुम्बिनी प्रदेशका प्राविधिक अफिसर सन्तोष अधिकारीले इन्स्योर परियोजना र सिप अभिवृद्धि तालिमहरुको बारेमा अभिमुखिकरण गर्नु भएको थियो भने तालिम उद्देश्यको बारेमा प्रशिक्षक अनुज कुमार रौनियारले स्पष्ट पार्नु भएको थियो ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले संघले गतवर्षदेखि इन्स्योर परियोजनाको सहकार्यमा उद्योगमा कार्यरत पेशाकर्मीहरुको सिप अभिवृद्धि गरी उत्पादन क्षमता वढाई टेवा पु¥याउने कार्यलाई निरन्तर दिने भनाई राख्नु भएको थियो साथै कार्यक्रमको व्यावस्थापन कार्यक्रम संयोजक खिमानन्द रिजालवाट भएको थियो भने कार्यक्रम संचालन संघका महासचिव हिरामणी भटटराइले गर्नु भएको थियो ।