२४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम संचालन गर्ने प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगबीच सिकाई अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न ।

२४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम संचालन गर्ने प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगबीच सिकाई अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न ।
बुटवल,२०८१, २१ मङ्सिर
रुपन्देही उद्योग संघ र सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)को सहकार्यमा २४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम संचालन गर्ने प्राविधिक शिक्षालय ,विद्यालयहरू र साझेदार उद्योगहरूबीच सिकाई अनुभव आदानप्रदान कार्यक्रम होटल एभिन्यु बुटवलमा सम्पन्न भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, इन्स्योर परियोजना दोस्रो चरणका लुम्बिनी प्रदेश टिभेट कोर्डिनेटर राजकुमार सेतीमहर, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, रूपन्देही उद्योग संघका कार्यसमिति सदस्य प्रज्ज्वल थान्जु, रुपन्देही उद्योग संघका कार्यकारी अधिकृत यादवप्रसाद भण्डारी, शान्ति नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने, जनता माध्यमिक विद्यालयका प्राचार्य प्रचण्ड जिसी, पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहू,प्राविधिक शिक्षालय विद्यालय र साझेदार उद्योगहरूका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघ उद्योगीहरूको हक हितको लागि संचालित भएको संस्था भएकाले सबै उद्योगीहरूलाई सहयोग गर्ने, उसको खम्बा बनेर उभिने बताउनु भयो । उत्पादनमूलक उद्योगहरुको लागि बेल्डिङ, अटो क्याट, इन्स्ट्रुमेसन, अटोमेशन, भिएफडी, पि.एल.सी.होटल ब्यवसायीहरुलाई वारिस्टा, फ्रन्ट डेक्स, युरो सिक्स जस्ता तालिमहरुको आयोजना गरी यस आर्थिक वर्षमा ३२० जना भन्दा बढि कामदारहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको र हालसालै अनुुगमनको क्रममा नेपालगञ्ज र दाङमा भएको विद्यार्थीको ड्रपआउट समस्यालाई समाधान गर्नको लागि सामाजिक विकास मन्त्रालय, इन्स्योर, प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच बसेर छलफल गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले दक्ष भएको विद्यार्थीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने र विभिन्न ठाउँमा प्लेसमेन्ट गर्ने कुराहरुमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। जनता माविका प्राचार्य प्रचण्ड जिसी, शान्ति नमुना माविका प्राचार्य कुलप्रसाद लामिछाने, पञ्चकन्या गु्रपका महाप्रबन्धक देवेन्द्र साहु, बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम विभाग प्रमुख मानकाजी कुमालले २४ महिने प्री डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा विद्यार्थी भर्ना गरेदेखि उसलाई सिकाउनको लागि के कस्ता समस्या भोग्नुपर्ने र यसबाट सिकिरहेको विद्यार्थी र उद्योगमा के कस्तो फाइदा हुन्छ भन्ने कुरामा अनुभव साटासाट गर्नु भएको थियो ।
कार्यक्रममा इन्स्योर परियोजना दोस्रो चरणका लुम्बिनी प्रदेश टिभेट कोर्डिनेटर राजकुमार सेतीमहरले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।
रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको स्वागत तथा महासचिव हिरामणी भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न साझेदार उद्योग, प्राविधिक शिक्षालय, विद्यालय गरी ३० उद्योगबाट ५६ जनाको सहभागिता रहेको थियो । रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले हालसम्म कार्यान्वयन गरिएका कार्यक्रमहरूको प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन सीपविकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नु भएको थियो ।