RCI



उद्योगका सुपर भाइजर र शिक्षालयका प्रशिक्षकहरुलाई ५ दिवसीय तालिमको शुभारम्भ

उद्योगका सुपर भाइजर र शिक्षालयका प्रशिक्षकहरुलाई ५ दिवसीय तालिमको शुभारम्भ

उद्योगका सुपर भाइजर र शिक्षालयका प्रशिक्षकहरुलाई ५ दिवसीय तालिमको शुभारम्भ

बुटवल

२०८१ असार, १०

रुपन्देही उद्योग संघ–सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण)को सहयोगमा संचालित सिप विकास इकाई र प्राविधिक प्रशिक्षण प्रतिष्ठान TITI को आयोजना, दिगो तथा प्राविधिक शिक्षालय/विद्यालयहरुसँग साझेदारी गरेका उद्योग तथा विद्यालयहरुमा कार्यरत सुपरभाइजर र शिक्षकहरुका लागि मिति २०८१ असार १० गते देखि २०८१ असार १४ गतेसम्म संचालन हुने ५ दिवसीय इन कम्पनी प्रशिक्षक तालिमको शुभारम्भ सुख्खानगर स्थित होटल एभरेष्ट इन मा भएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्बिनी प्रदेश निर्देशक गोपाल आर्चायको प्रमुख आतिथ्यतामा कार्यक्रम शुभारम्भ भएको हो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले कार्यक्रममा मन्तव्य राख्नुहुँदै उद्योगमा कार्यरत सुपर भाइजरहरुको क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक तथा व्यावस्थापकीय कार्य सम्पादनका लागि इन कम्पनी प्रशिक्षक तालिम आयोजना गरिएको बताउनु भयो । साथै रुपन्देही उद्योग संघले उद्योगमा रहेका जन शक्तिका क्षमता विकासका लागि प्राविधिक तालिमहरु लुम्बिनी प्रदेशका विभिन्न स्थानमा संचालन गरिरहेको र प्राविधिक शिक्षालय २४ महिने प्रि डिप्लोमा अध्ययन गर्ने विभिन्न विषयका औद्योगिक प्रशिक्षार्थीहरुलाई व्यवहारिक ज्ञान दिन विभिन्न उद्योगहरुसँग सहकार्य संघले गरिरहेको जानकारी दिनुभयो ।

५ दिवसीय इन कम्पनी प्रशिक्षक तालिममा सहभागिहरुलाई शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि आर्चायले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयुक्त प्राविधिक सीप विकास गरी स्वरोजगार वनाउने कार्यलाई सहजीकरण गर्न टेवा पुर्याउने भएकाले यस्तो तालिम आयोजना गर्ने रुपन्देही उद्योग संघ, सिप विकास इकाइ, दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजना (इन्स्योर, दोश्रो चरण) र तालिमको सहजीकरण गर्ने संस्था प्राविधिक प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

५ दिनसम्म संचालित इनकम्पनी प्रशिक्षक तालिममा प्राविधिक प्रशिक्षक प्रतिष्ठान TITI का प्रशिक्षक शिव वगालेले तालिममा औद्योगिक प्रशिक्षार्थीहरुलाई भर्ना गर्ने उद्योगहरुमा प्राप्त सिपहरुलाई व्यावहारिक रुपमा कार्य स्थलमा लागु गरेमा आशातित उपलब्धि हाँसिल हुने उद्देश्यले यो तालिम संचालन गरेको बताउनु भयो ।

कार्यक्रममा संघका कार्यसमिति सदस्य लाल प्रसाद बस्यालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालन रुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नु भएको हो । तालिममा उद्योग प्रतिष्ठान र प्रविधिक शिक्षालय/विद्यालय गरि २० जनाको उपस्थिति रहेको छ ।