RCI



व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य तालिमको समापन

व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य तालिमको समापन

व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य तालिमको समापन

२०८१,असोज १७

बुटवल

रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण)को सहकार्यमा स्थापित इकाईको आयोजनामा जिल्लाका विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरुका लागि आयोजित ३ दिवसीय व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य विषयक तालिम बुधबार समापन भएको छ ।

रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता एवं पूर्व अध्यक्ष बोनिन पियाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा पराजुलीले शिक्षार्थीहरुको अभ्यास तथा उनीहरुको सिकाइमा क्षमता अभिवृद्धि गर्ने कार्यमा थप प्रगती हुने साथै सिकेका कुराहरु व्यवहारमा लागु गर्न सहभागिहरुलाई उत्पे्ररित गर्दै आ—आफ्नो उद्योगमा सुरक्षा र स्वास्थ्यका जोखिमहरु कम हुनुका साथै सुधारात्मक योजनाहरु निर्माण गर्न आग्रह गर्नुभयो ।

रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एवं प्रमुख अतिथि बोनिन पियाले उद्योगमा व्यवसायजन्य सुरक्षाले कामदारहरूको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न, तथा कामको वातावरणलाई सुरक्षित र स्वस्थ बनाउन योगदान पु¥याउने भन्दै यो कार्यक्रमको आयोजना गर्ने रुपन्देही उद्योग संघलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक ई.दिनेश शाहले यस तालिम अवधिमा उद्योग व्यावसायमा व्यवसाय जन्य सुरक्षा र स्वास्थ्यको महत्व, श्रम ऐन, वातावरणीय समस्याहरुको पहिचान, जीवन रक्षा, व्यवस्थापकीय प्रणाली विद्युतीय, रसायन आदिवाट सुरक्षित हुने उपायहरु जस्ता धेरै विषयमा तालिमका सहभागिहरुलाई मार्ग दर्शन गरेको र आफुले हस्तान्तरण गरेको ज्ञानलाई सही तरिकाबाट उद्योग ब्यवसायमा प्रयोग गरी सम्भावित दुर्घटनावाट बचाई उद्योगलाई अगाडि बढाउन सहभागीलाई प्रेरित गर्नुभयो । इन्स्योर परियोजना सहयोग इकाई लुम्बिनी प्रदेश प्रमुख निर्मला मैनालिले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको उद्देश्य माथी प्रकाश पार्दै प्रशिक्षार्थी एवं प्रशिक्षक प्रति आभार व्यक्त गर्नु भएको थियो । प्रशिक्षार्थीको रुपमा बोल्दै टाईगर ब्रुअरिका ईलेक्ट्रीकल शुपरभाईजर प्रकाश पराजुलीले ३ दिनमा धेरै कुरा सिक्न पाएको र सिकेको कुरालाई आजैबाट ब्यवहारमा उतारी उद्योगलाई दीर्घकालीन रुपमा सफलबनाउन लागि लागिपर्ने वताउनु भयो । त्यसैगरी एस.आर.ग्रुपकी कार्यकारी निर्देशक सुरक्षा काफ्लेले प्रभावकारी सिकाई भएको र सिकेका कुरालाई ब्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो ।

असोज १५गते देखि १७ गतेसम्म संचालन भएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिममा १८ वटा उद्योग प्रतिष्ठानवाट २२ जनाको सहभागिता रहेको थियो । समापन समारोहमा रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, सहकोषाध्यक्ष बिशाल बेलबासे, कार्यसमिती सदस्य चक्रपाणी तिवारी, इन्स्योर परियोजना टिभेट कोर्डिनेटर राजकुमार सेतिमहर, रुपन्देही उद्योग संघका प्रमुखकार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सीपविकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नु भएको कार्यक्रमकोसंचालन रुपन्देही उद्योग संघका सचिवसुमन बस्यालले गर्नु भएको थियो ।