RCI



Skill Development Unit (SDU)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा नीजि क्षेत्रका उद्योग तथा संघहरुको संलग्नता बढाउदै उद्योगहरुलाई माग अनुसारको सीपयुक्त जनशक्ति उपलब्ध गराउन सहयोग तथा सहजिकरण गर्नका लागि रुपन्देही उद्योग संघले इन्स्योरसँगको सहकार्यमा सीप विकास इकाइ स्थापना गरि संचालन गर्दै आएको छ।



ENSSURE,NVQS,QualiTY र रुपन्देही उद्योग संघ (RCI) को सहकार्यमा संचालित सीप विकास इकाइ (SDU) बाट आ.व.०८२–०८३ मा संचालन हुने कार्यक्रमहरू 

• औधोगिक प्रशिक्षार्थीहरूको भर्ना र अवधारणमा प्राविधिक विद्यालयहरूलाई सहयोग गर्ने।

• औधोगिक प्रशिक्षाथीहरुलार्ई  उद्योगमा प्लेसमेन्टका लागि त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम आयोजना गर्ने ।

• प्रभावकारी बुझाइ र कार्यान्वयनको लागि कम्पनी सुपरिवेक्षक/उद्योग, प्रशिक्षकहरूलाई पाठ्यक्रम र कार्यको बारेमा अभिमुखीकरण आयोजना गर्ने ।

• सीप स्तरोन्नति तालिम (SUT) अन्तर्गत नयाँ पेशाहरूको आवश्यकता पहिचान गर्ने ।

• सीप स्तरोन्नति तालिम (SUT) को लागि पहिचान गरिएका पेशाहरू अनुसार निजी क्षेत्रको सहभागितामा पाठ्यक्रम तयारगर्ने।

• उद्योगहरूमा कायर्रत २०० जना कामदारहरूको लागि सीप अभिवृद्धि तालिम सञ्चालन गर्ने ।

• प्रशिक्षार्थी अभिभावकहरू, उद्योग प्राविधिक विद्यालय र सामाजिक विकास मन्त्रालय (MoSD) बीच सिकाइ आदान प्रदानअन्तरक्रियाहरू आयोजना गर्ने ।

• पुरस्कृत कार्यक्रम (उत्कृष्ट उद्योग, कम्पनी भित्रका प्रशिक्षक र प्रशिक्षार्थीहरू)

• औधोगिक प्रशिक्षार्थी कार्यक्रमलाई समर्थन गर्ने HR रणनीति विकास गर्न उद्योगहरूलाई सहयोग ।

• नयाँ र अवस्थित सदस्य उद्योगहरू (लजिस्टिक) को लागि व्यावसायिक स्वास्थ्य र सुरक्षा (OHS) सम्बन्धी कार्यशाला आयोजना गर्ने।

• उद्योग, कम्पनी भित्रका प्रशिक्षकहरूका लागि औधोगिक प्रशिक्षार्थी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने।

• Green TVET (फोहोर व्यवस्थापन/कार्बन फुटप्रिन्ट विषयमा अभिमुखीकरण/प्रशिक्षण सञ्चालन गर्ने।

• सहकार्यकालाई सहज बनाउन सकिने सम्भावित उद्योगहरूको सूची तयार गर्ने।

• विद्यालयहरूको मागअनुसार प्लेसमेन्ट र कार्य अनुभव कार्यक्रम (WEP) पहिचान गर्न उद्योगहरूबीच

 OJTसेमिनारहरू आयोजना गर्ने।

• उद्योगका कर्मचारीबाट उत्प्रेरणा (motivational) कक्षा सञ्चालन गर्ने।

• विद्यालयहरूसँग सहकार्यमा रोजगारी मेला/कार्यशाला आयोजना गर्ने।

• उद्योगमा बिद्यार्थीहरूको अनुभव भ्रमण (Exposure Visit) आयोजना गर्ने।

• TVET विद्यालयका शिक्षकहरूका लागि उद्योग अवलोकन (Job Shadowing) सिकाई प्रदान गर्ने।

• छानिएका शिक्षालयमा ईभी (EV) मेकानिक्स सम्बन्धी तालिम प्रदान गर्ने।

• पूर्व सिकाइ मान्यता (RPL) का लागि नयाँ पेशा पहिचान गर्न उद्योग परामर्श कार्यशाला ।

• राष्ट्रिय क्षमता मापदण्ड अनुसार कामदारको भर्नालाई मिलाउन सदस्य उद्योगहरूसँग अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने।

• उत्कृष्ट कार्यहरु र मूल्याङ्कनको अवलोकन ।

• पूर्व सिकाइ मान्यता (RPL) मूल्याङ्कनमा आफ्ना कामदारहरू पठाउन उद्योग र रोजगारदाताहरूसँग अन्तरक्रिया ।