RCI



प्रदेश सरकार लाई उद्योगमैत्री बजेट ल्याउन रुपन्देही उद्योग संघको सुझाव

प्रदेश सरकार लाई उद्योगमैत्री बजेट ल्याउन रुपन्देही उद्योग संघको सुझाव

प्रदेश सरकार लाई उद्योगमैत्री बजेट ल्याउन

रुपन्देही उद्योग संघको सुझाव

रुपन्देही उद्योग संघले लुम्विनी प्रदेश सरकार स“ग आगामि वर्षको बजेट उद्योगमैत्री बनाउन आग्रह गरेको छ । संघका अध्यक्ष दिलिप सापकोटाको नेतृत्वमा प्रदेश राजधानी राप्ती उपत्यका पुगेको टोलीले मुख्यमन्त्री चेतनारायण आचार्य,भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल तथा अर्थमन्त्री धनेन्द्र कार्की स“ग भेटगरी संस्थागत सुझाव पेश गरेको हो । अध्यक्ष सापकोटाले हालको विषम परिस्थितिमा उद्योगहरुको अवस्था दिनानुुदिन खस्किदै गइरहेको अवस्थालाई मध्यनजर गरी आगामी बजेट माफर्त राहत हुने खालका उद्योगमैत्री कार्यक्रम तथा बजेट ल्याउन सुझाव दिनुभएको हो । टोलीमा संघका पूर्व अध्यक्ष एजाज आलम,निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल,वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली,महासचिव हिरामणी भट्टराई,कार्य समिति सदस्य प्रज्वल थान्जु तथा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागीता रहेको थियो ।