रुपन्देही उद्योग संघद्वारा इन्स्ट्रुमेसन र अटोमेसन तालिमको समापन

रुपन्देही उद्योग संघद्वारा इन्स्ट्रुमेसन र अटोमेसन तालिमको समापन
जेष्ठ, ६,२०८१
सिद्धार्थनगर, भैरहवा ।
रुपन्देही उद्योग संघ–सिप विकास इकाइको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा भैरहवा क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि बैसाख १६ गतेदेखि उद्योग व्यापार संगठन रुपन्देहीको सभाहलमा संचालित १०० घण्टे इन्स्ट्रुमेसन र अटोमेसन तालिमको आईतवार एक समारोहका वीच समापन गरिएको छ ।
रुपन्देही उद्योग संघका का.वा.अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता र उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ,रुपन्देही उद्योग संघका सह कोषाध्यक्ष विशाल वेल्वासे, कार्य समिति सदस्य श्री प्रज्ज्वल थान्जु र प्रमुख कार्यकारी अधिकृत श्री यादव प्रसाद भण्डारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
इन्स्ट्रुमेसन र अटोमेसन तालिमको समापन कार्यक्रममा शुभकामना तथा धन्यवाद मन्तव्य राख्नुहुदै रुपन्देही उद्योग संघका का.वा.अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगहरुमा रहेको जनशक्तिको क्षमता विकासका तालिमहरु संघले निरन्तर संचालन गर्दै आएको र यस पटक इन्स्योर परियोजनासँग सहकार्य गरी विभिन्न विषयका सिप अभिवृद्धि तालिम सम्पन्न गरेको जानकारी गराउदै सिकेका सिपहरुलाई व्यावहारमा उर्तान, सिपको अधिकतम उपयोग गरी उपलब्धिमुलक बनाउन र क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक उत्पादकत्व वृद्धि गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुसँग आग्रह गर्नु भएको थियो ।
इन्स्ट्रुमेसन र अटोमेसन तालिमको समापनको अवसरमा बोल्नुहुँदै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तालिमको सिकाई स्तर प्रभावकारी भएको वताउँदै अहिेलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहने बताउनुहुँदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न जोड दिनु भएको थियो साथै रुपन्देही उद्योग संघले विभिन्न उद्योगमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम मार्पmत गरेको योगदानको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै रुपन्देही उद्योग संघका सहकोषाध्यक्ष विशाल वेल्वासेले संघले औद्योगिक विकासमा टेवा पु¥याउन र सिपयूक्त प्राविधिक जनशक्तिको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको भनाई राख्नु भएको थियो ।
सो तालिमका प्रमुख प्रशिक्षक अनुज कुमार रौनीयारले तालिमलाई प्रभावकारी र सिकाइ योग्य वनाउनका लागि रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनावाट भएको पटक पटकको अनुगमन पश्चात दिईएको पृष्ठ पोषणले झन उत्साहित वनाएको र थप उर्जा मिलेको जानकारी गराउनु भएको थियो ।
प्रशिक्षार्थीको तर्फवाट भनाई राख्दै विरेन्द्र कुमार पौडेल, सालिकराम न्यौपाने र गन प्रसाद गुरुङ्गले तालिमले काम गर्ने उत्प्रेरणा जागेको, पेशा प्रति स्वाभिमान वढेको, स्वास्थ्य सुरक्षामा परिवर्तन आएको र आफ्नो उद्योगमा इन्स्ट्रुमेसन र अटोमेसन सम्बन्धि काममा गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग मिलेको विश्वास व्यक्त गर्दै सिप अभिबृद्धि गर्ने अवसरका लागि रुपन्देही उद्योग संघ, इन्स्योर परियोजनालाई धन्यवाद दिइएको थियो । कार्यक्रमको संचालन रुपन्देही उद्योग संघका महासचिव हिरामणी भटटराईले गर्नु भएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्य प्रज्जवल थान्जुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तालिममा ३५ वटा उद्योग प्रतिष्ठानमा कार्यरत ४० जना पेशाकर्मीहरुले सफलतापूर्वक तालिम प्राप्त गरेका छन् ।