RCI



उद्योग संघद्वारा प्राविधिक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिमको शुभारम्भ बैसाख, १६,२०८१

उद्योग संघद्वारा प्राविधिक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिमको शुभारम्भ बैसाख, १६,२०८१

उद्योग संघद्वारा प्राविधिक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिमको शुभारम्भ

बैसाख, १६,२०८१

रुपन्देही उद्योग संघको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा यस क्षेत्रका उद्योगहरुको इन्स्ट्रुमेसन र अटोमेसन विभागमा कार्यरत पेसाकर्मीहरुको सीप अभिवृद्धिका लागि २० दिने क्षमता अभिवृद्धि तालिम आईतबार एक समारोहकाबीच शुभारम्भ भएको भएको छ ।

उद्योग व्यापार संगठन रुपन्देहीको सभाहल सि.न.पा.९ उदयपुरमा संचालन गरिएको उद्घाटन सत्रको कार्यक्रम संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले संघद्धारा हालसम्म कामदारहरुका लागि सिप अभिवृद्धि तालिमहरु संचालनमा रहेको र विभिन्न तालिमहरु सम्पन्न भइसकेको जानाकारी गराउँदै अव उद्योगमा रहेको जनशक्तिलाई आवश्यक पर्ने तालिमको पहिचान गर्दै सम्बन्धित विषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै तालिमहरु संचालन गर्ने कुरा जानकारी गराउनु भएको थियो ।

विभिन्न उद्योग प्रतिष्ठानका ४० जना इन्स्ट्रुमेसन र अटोमेसन सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउन तालिमले सहयोग पु¥याउने विश्वास लिइएको छ ।

विशेषज्ञ प्रशिक्षकद्धारा दैनिक ५ घण्टा २० दिन संचालन हुने तालिमवाट प्राविधिक कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्ष कामदार बन्नुका साथै र उद्योगको उत्पादन अभिवृद्धिमा सहयोग पु¥याउने छ । तालिम अबधिमा सहभागिहरुलाई स्वचालन परिचय, यसका कम्पोनेन्टसहरु,परिक्षण उपकरण, समस्या निवारण, उर्जाको समुचित व्यावस्थापन पद्धति, नयाँ मेसिनको स्थापना, सुरक्षा संयन्त्र र उत्पादकत्व अभिवृद्धि लगायतका सैदान्तिक र प्रयोगात्मक अभ्यासवाट सिकाइ हुनेछ ।

रुपन्देही उद्याग संघले उद्योग प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालनमा ल्याएको सिप विकास इकाई मार्फत तालिम संचालन भइरहेको छ ।

कार्यक्रममा उद्योग व्यपार संगठन रुपन्देहीका वाणिज्य उपाध्यक्ष राममिलन यादवले तालिमको सफलताको शुभकामना दिदै उद्योगलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी शुभारम्भ गरिएको तालिमको सफलताको शुभकामना दिनुहुँदै रुपन्देही उद्योग संघलाई धन्यवाद दिनु भएको थियो भने उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव लक्ष्मी अधिकारीले नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभावका कारण भारतवाट ल्याउनुपर्ने बाध्यता रहेको परिप्रेक्ष्यमा रुपन्देही उद्योग संघद्धारा उत्पादनमुलक उद्योगलाई लक्षित गरी तालिम संचालन गरेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभएको थियो ।

शुभारम्भ सत्रको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले सहभागी सवैलाई स्वागत गर्नुहुँदै इन्स्योर परियोजनाको सहकार्यमा उद्योगमा कार्यरत पेशाकर्मीहरुको क्षमता अभिवृद्धि गरी उत्पादन क्षमता बढाई टेवा पुर्याउने कार्यलाई निरन्तरता दिने भनाई राख्नु भएको थियो ।

तालिमको उद्देश्यको बारेमा प्रशिक्षक अनुज कुमार रौनियारले स्पष्ट पार्नु भएको थियो भने कार्यक्रम संचालन संघका महासचिव हिरामणी भटटराइले गर्नुभएको थियो ।

तालिमको व्यवस्थापन कार्यक्रम सयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नु भएको थियो ।