इलेक्ट्रिकल सवारी साधन तालिमको समापन तथा दोस्रो चरणको शुभारम्भ ।

इलेक्ट्रिकल सवारी साधन तालिमको समापन तथा दोस्रो चरणको शुभारम्भ ।
बुटवल, ४ जेठ
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा रूपन्देही आसपासका क्षेत्रमा अटोमोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको लागि वैशाख १५ गतेदेखि जेठ ३१ गतेसम्म सञ्चालन भएको १६ दिने (९६ घन्टे)निःशुल्क तालिमको बुटवलमा समापन गरिएको छ । साथसाथै व्यवसायीको मागलाई मध्यनजर गर्दै आजैबाट सोही विषयको दोस्रो चरणको तालिमको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा बोल्न हुँदै रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर सिर्जनागर्न यस्ता तालिमले सहयोग पुर्याउने आशा राख्दै सीपयुक्त जनशक्तिको उत्पादन गर्न रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजनागर्दै आएको बताउनुभयो । यस कार्यक्रमले केवल रोजगारीको अवसर मात्रनभई नेपालको स्वदेशी प्रविधिमा आधारित दिगो विकासको आधार निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनको अध्यक्षता रहेको कार्यक्रममा बोल्नु हुँदै वहाँले प्रशिक्षार्थीलाई समय सापेक्ष व्यावसायिक र अत्यन्तै आवश्यक विषयमा तालिम लिने अवसर मिलेकोले अवसरको सदुपयोग गर्न आग्रह गर्नुहुँदै नेपालमा इभीको प्रयोग बढ्दै गएकाले दक्षजनशक्तिको माग बढ्दो भएको, तालिमले रोजगारका अवसर सिर्जना गर्नुका साथै स्वदेशी प्रविधिमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनुको साथसाथै व्यावसायिक क्षमता बढाउन इभी मर्मत तालिम अपरिहार्य रहेको बताउनुभयो ।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल शाक्यले इलेक्ट्रिकल भेइकल मर्मत तालिम केवल व्यक्तिगत शिप विकासका लागि मात्र नभई राष्ट्रिय विकास र वातावरण संरक्षणका लागि अपरिहार्य भएको बताउनुहुँदै वहाँले बदलिदो प्रविधि सँग प्रतिस्पर्धा गर्न र उज्वल भविष्य निर्माण गर्न इभी मर्मत तालिम आजको आवश्यकता भएको जानकारी दिनुभयो ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका संस्थापक अध्यक्ष तथा संरक्षण सल्लाहकार खडग बहादुर गौतमले यिनीहरूमा प्रयोग हुने मटर, ब्याट्री ,पावर कन्ट्रोल युनिट, चार्जिङ सिस्टम जस्ता उपकरणहरू परम्परागत गाडीभन्दा फरक भएको र यस्ता जटिल प्रविधिहरूको उचित ज्ञानबिना मर्मत सम्भवन भएको बताउँनुहुँदै तालिम सञ्चालनगर्ने आयोजकलाई धन्यवाद दिनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका ई.सन्दीप लेखकले सहभागीहरूलाई इभीको आधारभूत संरचना र कार्यविधि, ब्याट्री प्रविधि र मर्मत, इलेक्ट्रिक मोटरहरू र तिनको मर्मत, पावर इलेक्ट्रोनिक्स र कन्ट्रोल सिस्टम, सुरक्षा नियमहरू र सावधानी, प्रायोगिक अभ्यास, रुटिन मर्मत र समस्या समाधान , चार्जिङ प्रणाली र चार्जरहरु विषयमा आधारित रहेको तालिममा प्रशिक्षार्थीहरूले देखाएको चासो जिज्ञासा र सहभागिता प्रेरणादायी रहेको बताउनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्न ुहुँदै संस्थाका निवर्तमान अध्यक्ष तुलसीराम न्यौपानेले विद्युतीय सवारी साधन सम्बन्धी तालिमले आधुनिक प्रविधिको ज्ञान मात्रै नभई व्यवहारिक सिप प्रदान गरेका,े तालिमको क्रममा विद्युतीय सवारी साधनको संरचना, संचालन प्रणाली, मर्मत सम्भार,ब्याट्री व्यवस्थापन,चार्जिङ प्रविधि लगायतका महत्वपूर्ण पक्षहरुमा विस्तृत ज्ञान हासिल गरेको बताउनुहुँदै प्रशिक्षकहरूको मार्गदर्शन संस्था र व्यवस्थापन पक्षको सहयोगले तालिम प्रभावकारी र उपयोगी भएको बताउनुभयो ।
संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख ध्र्रुर्वराज भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुनीत पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा १७उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अर्को तालिमको लागि १५ उद्योगबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिमको उद्देश्य बजारमा सम्वन्धित पेशामा कार्यरत कामदारहरुलाई नयाँ प्रविधिमा आधारित विद्युतीय सवारी साधनको समुचित ज्ञान र दक्षता विकास गर्नु रहेको छ । कार्यक्रममा प्रशिक्षार्थीहरूले सिकेको सिपलाई अनुसरण गर्दै इलेक्ट्रिकल भेइकल प्रोजेक्ट निर्माण गरेका छन् । उक्तप्रोजेक्टलाई सञ्चालन गरेर कार्यक्रमका प्रमुख अतिथिले उक्तकार्यक्रमको उद्घाटन गर्नुभएको थियो । तालिमको संयोजन रूपन्देही उद्योग संघका सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थिय ।