RCI



हस्पिटालिटी तालिमको शुभारम्भ ।

हस्पिटालिटी तालिमको  शुभारम्भ ।

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना र स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा विभिन्न होटलमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घण्टे) निःशुल्कवेटर÷वेट्रेस तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बोल्नु हुँदै वहाँले हस्पिटालिटी क्षेत्र पर्यटन सेवा उद्योगको मेरुदण्ड भएकाले वेटर÷वेट्रेसको भूमिका,अतिथि सन्तुष्टि र संस्थाको छविमा निर्णायक हुने कुरा औल्याउँदै यस तालिमबाट सहभागीहरुले आफ्नो व्यवहार ,समय व्यवस्थापन, स्वच्छता र ग्राहक सेवा सम्बन्धी महत्वपूर्ण सीप आर्जन गर्ने उल्लेख गर्नुभयो। यो तालिम केवल केहीदिनको प्रक्रिया नभई भविष्य निर्माण तर्फको कदम भएको र यसको साथसाथै सेवा दिन सक्ने व्यवहार मिठो बोली र व्यवसायिक ढंगले काम गर्न सक्ने क्षमता नै प्रशिक्षार्थीहरूको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुुहुँदै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।

स्टर्लिङ इन्टरनेसनल कलेज अफ हस्पिटालिटीका प्रबन्ध निर्देशक धिरेन राकस मगरले हस्पिटालिटी क्षेत्रको महत्व, सीप अभिवृद्धिको आवश्यकता र प्रेरणा सहित अभिमुखीकरण गर्नुभएको थियो ।

प्रशिक्षकको रूपमा रहनु भएका हरि गिरीले तालिममा सिकाइने मुख्य विषयहरू टेबल सर्भिस,ग्राहकसँगव् यवहार, शिष्टाचार,आत्मविश्वास, समय व्यवस्थापन ,सञ्चार,सफाई र समूहमा काम गर्ने सिपहरु बारे जानकारी गराउनुहुँदै सहभागीहरुलाई सक्रिय र अनुशासित भएर तालिममा सहभागी हुन प्रेरित गर्दै तालिम सफल बनाउने सबैको सहकार्य जरुरी भएको बताउनुभयो ।

रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।

रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालनमा भएको कार्यक्रममा १७ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । ग्राहक सेवा गुणस्तर सुधार गर्दै व्यवहारिक तथा व्यवसायिक सिपहरू विकास गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र स्वच्छता तथा सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।