बुटवलमा वेस्ट म्यानेजमेन्ट र ग्रीन TVET विषयककार्यशाला सम्पन्न ।

रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित सीप विकास इकाई मार्फत एकदिवसीय वेस्ट म्यानेजमेन्ट र ग्रीन TVET विषयक कार्यशाला बुटवल औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष दिलिप सापकोटाले समारोहमा बोल्नुहुँदै वर्तमान विश्व प्रणाली दिगो विकास तर्फ अग्रसर भइरहेको बेला हामीउद्योग क्षेत्रका प्रतिनिधि भएकाले वातावरणीय उत्तरदायित्वबाट भाग्न नसक्ने बताउनुहुँदै उद्योगहरूको उत्पादन प्रणाली रव्यवस्थापन पद्धतिमा वातावरण मैत्री सोचको समावेश आवश्यक भएको बताउनुभयो । वहाँले फोहोरको स्रोतमै वर्गीकरण,पुनप्रयोग र स्वच्छ प्रविधिको प्रयोग जस्ता अभ्यासलाई हाम्रा उद्योगहरूमा व्यावहारिक रुपमा लागू गर्न आजको कार्यशालाले उत्प्रेरणा दिएको साथै यस किसिमका तालिम र कार्यशालाहरूले केवल ज्ञान दिने मात्रन भई सोच र व्यवहारको रूपान्तरणमा पनि योगदान पुर्याएको बताउनुभयो ।
प्रशिक्षक इन्जिनियर दिनेश कुमार शाहले कार्यशालामा सहभागी उद्योग प्रतिनिधिहरूलाई वेस्ट म्यानेजमेन्ट तथा ग्रीन टीभीइटी सम्बन्धी विविध महत्वपूर्ण पक्षमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुभयो । वहाँले “हरित सोच”को आवश्यकता र यसको औद्योगिक प्रयोग सन्दर्भमा चर्चा गर्दै ग्रीनइकोनोमी र दिगो विकास बीचको सम्बन्ध स्पष्ट गर्नुभयो । फोहर व्यवस्थापनको सन्दर्भमा वहाँले पुनःप्रयोग र पुनःचक्रणका तीन आधारभूत सिद्धान्तमा जोड दिनुभयो । उत्पादन प्रक्रियामा कच्चा पदार्थको उपयोगदेखि फोहोरको अन्तिम व्यवस्था सम्म वातावरणमैत्री विधिहरू अपनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । उद्योगमा उत्पन्नहुने ठोस, तरल तथा ग्यासीय फोहोरहरूको स्रोत र तिनको वर्गीकरण गर्नुपर्ने, त्यसअनुसार पुनःप्रयोग तथा सुरक्षित व्यवस्थापनका उपायहरू अपनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । वहाँले वातावरणमैत्री प्रविधिको प्रयोग मार्फत उर्जा दक्षता हासिल गर्ने उपाय, ऊर्जा उत्पादनगर्ने सम्भावनाहरू, र वातावरण प्रदूषण न्यूनीकरणका उपायहरूबारे उदाहरण सहित जानकारी गराउनुभयो । साथै, उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित फोहर व्यवस्थापनका सफल अभ्यासहरूको सन्दर्भ प्रस्तुत गर्दै तीअभ्यासलाई नेपालीउ द्योग परिवेशमा कसरी लागू गर्न सकिन्छ भन्ने पक्षमा पनि मार्गदर्शन गर्नुभयो ।
रूपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा४० उद्योगका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य वातावरणीय उत्तरदायित्व र उद्योग क्षेत्रभित्र हरित सोच सहितको उत्पादन प्रणालीको प्रवद्र्धन गर्नु रहेको रुपन्देहीउ द्योग संघले जनाएको छ ।