RCI



रुपन्देही उद्योग संघको आयोजनामा नेपालगञ्जमा इन्स्ट्रुमेसन र अटोमेसन तालिमको शुभारम्भ

रुपन्देही उद्योग संघको आयोजनामा नेपालगञ्जमा इन्स्ट्रुमेसन र अटोमेसन तालिमको शुभारम्भ

रुपन्देही उद्योग संघको आयोजनामा नेपालगञ्जमा इन्स्ट्रुमेसन र अटोमेसन तालिमको शुभारम्भ

जेष्ठ,१५, २०८१

रुपन्देही उद्योग संघ–सिपविकास इकाईको आयोजना, इन्स्योर परियोजनाको सहयोगमा नेपालगञ्ज क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेष्ठ १५ गतेदेखि नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेको सभाहलमा २० दिने १०० घण्टाको इन्स्ट्रुमेसन र अटोमेसन तालिमको मंगलवार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका का.वा.अध्यक्ष चिरन्जीवी ओलीको अध्यक्षता र महासचिव भिम वहादुर रानाभाट, इलेक्ट्रीकल एसोसिएसन बाँकेका अध्यक्ष दिपक खनाल, के.एल.दुगड ग्रुपका महाप्रवन्धक कपि.के.शर्मा लगायतको आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई अभिमुखिकरण समेत गरिएको थियो । इन्स्ट्रुमेसन र अटोमेसन तालिमको शुभारम्भ कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहँुदै नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका का.वा.अध्यक्ष चिरन्जीवी ओलीले उद्योगहरुमा रहेको जनशक्तिको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएकोले तालिम सम्पन्न हुदाँसम्म औद्योेगिक जनशक्तिको अभावलाई न्यूनीकरण गर्दै कार्यरत कामदारको सिप अभिवृद्धि गर्न यो तालिम कोशे ढुङ्गा सावित होस् भन्ने भनाई राख्नु भएको थियो । यो तालिम संचालनका लागि इन्स्योर परियोजना र रुपन्देही उद्योग संघसँग समन्वय गरिएको जानकारी गराउँदै रुपन्देही उद्योग संघद्धारा नेपालगञ्ज स्थित उद्योग प्रतिष्ठानलाई लक्षित गरी तालिमको आयोजना गरेकोमा वहाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

रुपन्देही उद्योग संघमा स्थापित शिप विकास ईकाइले प्रदेश भरी विभिन्न तालिमहरु संचालन गरिरहेकोमा नेपालगञ्जमा उद्घाटन गरिएको हो । इन्स्ट्रुमेसन र अटोमेसन तालिमको शुभारम्भको अवसरमा इलेक्ट्रीकल एसोसिएसन नेपालगञ्ज बाँकेका अध्यक्ष दिपक खनालले नयाँ प्रविधिको विकासको गति बढिरहेको अबस्थामा उद्योगमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी औद्योगिक उत्पादन लागत कम गर्ने कार्यलाई टेवा पुग्ने र दक्ष प्राविधिक जनशक्तिको विकासमा समेत टेवा पुग्ने भएकोले तालिमको आयोजना गर्ने संस्था रुपन्देही उद्योग संघलाई धन्यवाद दिनु भएको थियो ।सो तालिमका प्रमुख प्रशिक्षक अनुज कुमार रौनीयारले तालिमलाई प्रभावकारी र सिकाई योग्य बनाउनका लागि नियमित, अनुशासित र सिकाइ योग्य वातावरण निर्माण गरी तालिम संचालन हुने र तत्काल उद्योगमा रहेको प्राबिधिक समस्यालाई सम्बोधन हुने गरी तालिम संचालन गरिने जानकारी गराउनु भएको थियो । कार्यक्रमका सहभागीहरुलाई स्वागत मन्तव्य नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटले गर्नु भएको थियो भने कार्यक्रम संचालन रुपन्देही उद्योग संघ, सिपविकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थियो । तालिममा ३० वटा उद्योग प्रतिष्ठानमा कार्यरत ४० जना पेशाकर्मीहरुले सहभागिता रहेको छ ।