इन्स्ट्रुमेसन तालिमको शुभारम्भ ।

इन्स्ट्रुमेसन तालिमको शुभारम्भ ।
बुटवल, ७ चैत
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने निःशुल्क इन्स्ट्रुमेसन तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।
रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले बोल्नु हुँदै प्राविधिक ज्ञान आर्जन गर्दै सीपको अधिकतम उपयोग गरी उपलब्धि मूलक बनाउन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । उहाँले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर समेत सिर्जना गर्न यस्ता तालिमले सहयोग पु¥याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।
इन्स्योर परियोजना लुम्बिनी प्रदेश प्राविधिक अफिसर विनय गौतमले इन्स्योर परियोजना र सीप अभिवृद्धि तालिमको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका अखिलेश कुमार यादवले तालिमलाई प्रभावकारी र सिप योग्य बनाउनका लागि नियमित,अनुशासित र सिकाई योग्य वातावरण सिर्जना गरी तालिम सञ्चालन हुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले कार्यक्रममा सहभागीहरूलाई व्यस्त समयको बावजुद पनि आफ्नो समय व्यवस्थापन गरेर सीप अभिवृद्धि गर्नको लागि आउनु भएका सहभागीहरू लाई स्वागत गर्नुभएको थियो ।
रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा १५ उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो ।