इन्डस्ट्रियल वायरिङ र लेथ सेटर अपरेटर तालिमको समापन ।

इन्डस्ट्रियल वायरिङ र लेथ सेटर अपरेटर तालिमको समापन ।
बुटवल, १६ वैशाख
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको व्यवस्थापनमा रूपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल र मेकानिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि सञ्चालित निःशुल्क २४ दिने इन्डस्ट्रियल वायरिङ र लेथ सेटर अपरेटर तालिमको बुटवलमा समापन गरिएको छ ।
बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम विभाग प्रमुख मानकाजी कुमालको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले तालिमको सिकाइस्तर प्रभावकारी बनाउन बी.टी.आईको अधिकतम योगदान रहेको प्रतिबद्धता जनाउन ुहुँद,ैप्रशिक्षार्थीहरूले २४ दिनको समय लगानी गर्दै जुन व्यवहारिक सिप सिक्नुभयो त्यो सीप व्यक्तिगत जीवनमा मात्रनभई सामाजिक र राष्ट्रिय स्तरमा पनि परिवर्तन ल्याउन यस्ता सीप विकासको तालिमको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दिलिप सापकोटाले बोल्नुहुँदै हाम्रो देशमा ऊर्जा निर्माण तथा उत्पादन क्षेत्रको विस्तार सँगै दक्षजन शक्तिको आवश्यकता बढ्दै गएको,विश्व व्यापी प्रतिस्पर्धामा अबसफलताका लागि केवल प्रमाणपत्र नभइ व्यवहारिक सीप अपरिहार्य रहेको र यही आवश्यकता बुझेर यहाँहरूको युवा पुस्ताले यस्ता व्यवसायिक तालिममा सहभागी हुनु अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
प्रशिक्षकको तर्फबाट बोल्नुहुँदै रमेश यादवले यस तालिममा प्रशिक्षार्थीहरूले देखाएको लगनशीलता अनुशासन र जिज्ञासाले आफू प्रभावित भएको, भविष्यमा पनि सिकाईप्रतिको यो उत्साह जोगाई राख्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । वहाँले तालिमबाट सिकेका सीपले भविष्य निर्माणमा एक आधारशिला साबित हुने विश्वास व्यक्तगर्नुभयो ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्नुहुँदै नेपाल हाइड्रो इलेक्ट्रिकका सुहेब अहमदलेयो तालिम सुरु गर्दा आफुमा केही डर, केही जिज्ञासा र धेरै अपेक्षाहरु थिए तर समयसँगै यहाँको उत्कृष्ट तालिम, अनुभवी प्रशिक्षकज्यूहरूको मार्ग दर्शन र सहयोगी वातावरणले गर्दा हामीले आत्मविश्वासका साथ नयाँनयाँ सिपहरु सिक्न पाएकोमा खुसी व्यक्तगर्नुभयो ।
त्यसैगरी अर्का प्रशिक्षार्थी क्रिम हाइडेल प्रालीका योगबहादुर सिंजालीले लेथ मेसिन अपरेटर गर्ने तरिका, सुरक्षाको उपाय, इन्डस्ट्रियल वाइरिङका प्रकार र व्यावहारिक ज्ञानहरु सिकेकोले अब यो सिपहरुले हाम्रो जीवनमा नयाँ सम्भावना र अवसरका ढोकाहरू खोल्ने विश्वास व्यक्तगर्नुभयो ।
बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम संयोजक मनोज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा १८ उद्योगबाट४० जनाको सहभागिता रहेको थियो । तालिमको संयोजन रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थियो ।