RCI



२४ दिने निःशुल्क अटो क्याड र ग्याँस वेल्डिङ एण्ड कटिङ तालिमको समापन

२४ दिने निःशुल्क अटो क्याड र ग्याँस वेल्डिङ एण्ड कटिङ तालिमको समापन

२४ दिने निःशुल्क अटो क्याड र ग्याँस वेल्डिङ एण्ड कटिङ तालिमको समापन

बुटवल, २०८१, २६ असार

ईन्स्योर परियोजना र रुपन्देही उद्योग संघको सहकार्यमा तथा बुटवल टेक्निकल ईन्स्टिच्युटको व्यवस्थापनमा संचालित २४ दिने निःशुल्क अटो क्याड र ग्याँस वेल्डिङ एण्ड कटिङ तालिमको बुधबार एक समारोहका बीच समापन गरिएको छ ।

बुटवल टेक्निकल ईन्स्टिच्युटका कार्यकारी निर्देशक अभिमन्यु भिमार्जुन पन्थीको अध्यक्षता एवं रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, इन्स्योर हेल्भेटास नेपालका फिल्ड म्यानेजर ज्ञानप्रसाद चौधरी, शिप विकास ईकाईका संयोजक खिमानन्द रिजालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

समापन समारोहमा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना अन्तर्गत शिप विकास तालिम दिईएको बताउनु भयो । दक्ष र स्वरोजगार युवा उत्पादनगर्ने लक्ष्य सहित ईन्स्योर परियोजनासँग समन्वय गरी रुपन्देही उद्योग संघले विगत २ वर्षदेखि विभिन्न खालका शिपयुक्त तालिम चलाउँदै आइरहेको समेत उहाँले बताउनु भयो । उत्पादन मूलक उद्योगहरुको लागि ग्याँस वेल्डिङ, अटो क्याट, इन्स्ट्रुमेसन, अटोमेशन, भिएफडी, पि.एल.सी.तथा होटल ब्यवसायीहरुलाई वारिस्टा, फ्रन्ट डेक्स, जस्ता तालिमहरुको आयोजना गरी यस आर्थिक वर्षमा ३०० जनाभन्दा बढि कामदारहरुकालागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको बताउनु भयो ।

आज कुनै उद्योगमा काम गर्दै आउनु भएका प्रशिक्षार्थीलाई सिकेको सिपको माध्यमबाट आप्mनो स्तरबृद्धि गर्न र भोलिका दिनमा आफै उद्योगी बन्न प्रेरणा मिल्ने बताउनु हुँदै र बुटवल टेक्निकल इन्स्टिच्युटले धेरै उद्योगी व्यवसायी जन्माएको स्मरण गर्दै संस्थाको गरिमा प्रति प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा बुटवल टेक्निकल ईन्स्टिच्युटका कार्यकारी निर्देशक अभिमन्यु भिमार्जुन पन्थीले संस्थालाई काम प्रति विश्वास गरेर विगत दुई वर्षदेखि बुटवल टेक्निकल इन्स्टिच्युटले गर्न सक्ने विभिन्न खालका तालिम संचालन गर्ने अवसर दिएकोमा रूपन्देही उद्योग संघ, इन्स्योर परियोजना र हेल्भेटासलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रशिक्षार्थीले सिकेको सिपलाई जहाँ सिकि राख्नुभएको छ त्यसमा राम्रोसँग प्रयोग गरेर उद्देश्य अनुरुप आफ्नो र संस्थाको उन्नतिमा लाग्न आग्रह गर्नुभयो । आगामी दिनमा आवश्यक परेको खण्डमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्ध रहेको बताउन ुभयो ।

कार्यक्रममा इन्स्योर हेल्भेटास नेपालका फिल्ड म्यानेजर ज्ञान प्रसाद चौधरीले युवा वर्गलाई लक्षित गरी दिईने तालिमबाट सिकेका सीपहरू व्यवहारमा उतार्न र उद्योग व्यवसायमा लागत कम गरी उत्पादन वृद्धि गर्न र आफ्नो साथसाथै उद्योगको उपलब्धि मूलक काममा लाग्न सल्लाह दिनुभयो । प्रशिक्षार्थीको तर्फबाट भनाइ राख्दै ध्रुवमणि ज्ञवालीले तालिमले कामगर्ने उत्प्रेरणा जागेको, पेशा प्रति स्वाभिमान बढेको बताउनु भयो । त्यसैगरी अर्का प्रशिक्षार्थी लोकनाथ न्यौपानेले सिकेका सीपलाई प्रभावकारी ढंगबाट व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रशिक्षक देवी प्रसाद भट्टराईले बुटवल टेक्निकल इन्स्टिच्युटले सञ्चालन गर्ने तालिम सकेसम्म गुणस्तरीय र प्रभावकारी हुने गरी सिकाउने र आगामी दिनमा थप सीप अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम संचालन तालिम संयोजक मनोज भट्टराईले गर्नु भएको थियो भने तालिममा रुपन्देहीका विभिन्न उत्पादनमूलक उद्योगहरुमा कार्यरत कर्मचारी र उद्योगी गरी ६० जनाको सहभागिता रहेको थियो ।