रुपन्देही उद्योग संघको आयोजना र विटीआईको संयोजनमा ग्याँस वेल्डिङ्ग तथा कटिङ्ग तालिमको शुभारम्भ

रुपन्देही उद्योग संघको आयोजना र विटीआईको संयोजनमा
ग्याँस वेल्डिङ्ग तथा कटिङ्ग तालिमको शुभारम्भ
जेष्ठ ३०, बुधवार–२०८१
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोग र बुटवल टेक्नीकल इन्ष्टिचयूट (बिटिआई)को व्यवस्थापनमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि वुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा २४ दिने (९६ घण्टे) ग्याँस वेल्डिङ्ग तथा कटिङ्ग तालिमको बुधवार एक कार्यक्रमका वीच शुभारम्भ गरिएको छ ।
बुटवल टेक्नीकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक ई.अभिमन्यू भिर्माजुन पन्थीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यतामा तालिमको शुभारम्भ गरिएको थियो ।
तालिमको शुभारम्भ कार्यक्रममा मन्तव्य राख्नुहँुदै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले प्राविधिक ज्ञान आर्जन गर्दै सिपको अधिकतम उपयोग गरी उपलब्धिमुलक बनाउन प्रशिक्षार्थीहरुसँग आग्रह गर्नुभयो वहाँले क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यावसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर समेत श्रृजना गर्न यस्ता तालिमले सहयोग पु¥याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादन गर्न विभिन्न विषयमा प्रदेशका विभिन्न जिल्लाहरुमा रुपन्देही उद्योग संघ मार्फत विभिन्न तालिमहरुको आयोजना गर्दै आएको बताउनु भएको थियो ।
कार्यक्रममा बुटवल टेक्नीकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक अभिमन्यू भिर्माजुन पन्थीले तालिमको सिकाई स्तर प्रभावकारी बनाउन विटीआइको अधिकतम योगदान हुने प्रतिवद्धता जनाउँदै अहिलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको भनाइ राख्नु भएको थियो, साथै रुपन्देही उद्योग संघले उद्योगमा रहेको जनशक्तिको क्षमता अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्नुभयो ।
रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको आतिथ्यता रहेको तालिमको शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य विटीआइका तालिम शाखा प्रमुख मानकाजी कुमालले गर्नु भएको थियो भने कार्यक्रम संचालन तालिम संयोजक मनोज भट्टराइले गर्नुभएको थियो तालिमको व्यवस्थापन रुपन्देही उद्योग संघ, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नु भएको थियो । तालिममा १६ वटा उद्योगमा कार्यरत २० जनाको सहभागिता रहेको छ ।