RCI



२४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालय, बिद्यालय र साझेदार उद्योग बीच सिकाई अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

२४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालय, बिद्यालय र साझेदार उद्योग बीच सिकाई अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

२४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालय, बिद्यालय र साझेदार उद्योग बीच सिकाई अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

बुटवल, २०८१, साउन १६

रुपन्देही उद्योग संघ र सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)को सहकार्यमा २४ महिने प्री –डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालय, विद्यालयहरू र साझेदार उद्योगहरू बीच सिकाई अनुभव आदान प्रदान कार्यक्रम डार्सिस इन्टरनेसनल होटल बुटवलमा सम्पन्न भएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता, लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, इन्स्योर परियोजना दोस्रो चरणका लुम्बिनी प्रदेश टिभेट कोर्डिनेटर राजकुमार सेतीमहरु, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली,सह कोषाध्यक्ष विशाल बेलबासे, का.स.स.राजु घिमिरे, माधब नेपाल रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, प्राविधिक शिक्षालय विद्यालय र साझेदार उद्योगहरूका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघ उद्योगीहरूको हकहितको लागि सञ्चालित भएको संस्था भएकाले सबै उद्योगीहरूलाई सहयोग गर्ने, उसको खम्बाबनेर उभिने बताउनु भयो । उत्पादनमूलक उद्योगहरुको लागि बेल्डिङ, अटो क्याट, इन्स्ट्रुमेसन, अटोमेशन, भिएफडी, पि.एल.सी.होटल ब्यवसायीहरुलाई वारिस्टा, फ्रन्ट डेक्स, तथा जस्ता तालिमहरुको आयोजना गरी यस आर्थिक वर्षमा ३०० जनाभन्दा बढि कामदारहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको बताउनु भयो ।

रुपन्देही उद्योग संघका कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका थानेश्वर ज्ञवालीले अधिकार प्राप्त मान्छेले अधिकारलाई मुठ्ठीभित्र राख्न खोज्ने प्रवृत्तिलाई हटाउँदै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको क्षेत्रमा यसका सदस्यको क्षमता अभिवृद्धि गर्ने, कार्यात्मक सम्बन्ध विस्तार गर्न सहजीकरण गर्ने, उद्योग संघ, प्रदेश, स्थानीय सरकारबीच सहकार्य सुनिश्चित गर्ने जस्ता कुराहरुमा सबै मिलेर अगाडि बढ्न प्रेरित गर्नुभयो । कार्यक्रममा कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्राविधिक संयोजक देवेन्द्र कुँवर, जनता माविका प्राचार्य प्रचण्ड जिसी, सरस्वती माविकि शिक्षिका तारा कुमारी गुप्ता, पब्लिक माविका प्राचार्य डिलाराम खनाल, शान्ति नमुना माविका प्राचार्य कुलप्रसाद लामिछाने, चन्द्रमा कन्ट्रक्सन दिन प्रसाद पाण्डे, नेशनल इन्जिनियरिङ एण्ड मेटल कास्टिङकी माया खनाल ,पञ्च कन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहु लगायतले बोल्नुहुँदै २४ महिने प्री डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रममा विद्यार्थी भर्ना गरेदेखि सिकाउनको लागि भोग्नुपर्ने समस्या र यसबाट सिकिरहेको विद्यार्थी र उद्योगमा के कस्तो फाइदा हुन्छ भन्ने कुरामा अनुभव साटासाट गर्नु भएको थियो ।

कार्यक्रममा सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले दक्ष भएको विद्यार्थीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने र विभिन्न ठाउँमा प्लेसमेन्ट गर्ने कुराहरुमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले हालसम्म गरेका कार्यक्रमहरूको प्रगति प्रस्तुतिकरण गर्नु भएको थियो ।

रूपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न साझेदार उद्योग, प्राविधिक शिक्षालय, विद्यालय गरी ३० संस्थाबाट ४५ जनाको सहभागिता रहेको थियो ।