RCI



पन्देही उद्योग संघको ४७ औं स्थापना एवं औद्योगिक दिवश कार्यक्रम सम्पन्न

पन्देही उद्योग संघको  ४७ औं स्थापना एवं औद्योगिक दिवश कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको

४७ औं स्थापना एवं औद्योगिक दिवश कार्यक्रम सम्पन्न

वि.सं.२०३५ सालमा स्थापित रुपन्देही उद्योग संघले ४७ औं स्थापना एवम् औद्योगिक दिवश २०८१ शनिबार एक समारोहकाबीच भव्य रुपमा सम्पन्न गरेको छ ।

संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उद्घाटन समारोहमा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले अस्थिर सरकारकै कारण देशमा आर्थिक समस्या बढ्दै गएको प्रष्ट पार्नु भएको थियो । वहाँले क्षेत्रको सहकार्यमा सरकार अघि बढ्ने बताउँदै उद्योग क्षेत्रका समाधान गर्नेगरी सरकार अघि बढेको बतउँनु भयो । यो सरकार बन्दा २ खर्बले ऋणात्मक र अर्बौंको दायित्व बजेटले बोकेको थियो, धेरै समस्याको चाङ हटाउँदै गएको र पूँजी बजारमा उत्साह छाएको बताउनु भयो ।

‘नीति र नेतृत्वमा स्थिरताका लागि यो सरकार बनेको हो, पूर्ण काल चल्छ, एमालेकांग्रेस यसमा प्रतिवद्व छन्, यो सरकार पनि परिवर्तन हुन्छ र गर्न सकिन्छ भन्नेमा भ्रममा कोही नपरे हुन्छ यो चेतावनीका साथ भन्न चाहन्छु, उनले भने, यो समीकरण आउने चुनावसम्म जान्छ, पर्दाभित्रै र बाहिरबाट सरकार फेर्ने चलखेल नगरे हुन्छ, अस्थिरताबाट लाभ लिनेहरूलाई सबैले चिनिसकेका छन् ।’

अहिलेको गठबन्धन पूरा समय चल्ने भएकोले पर्दा पछाडि बसेर सरकार फेर्ने कोशिस नगर्न चेतावनी दिनु भएकोथियो । उनले यो सरकार फेर्ने असंभव भ्रममा नलाग्न र भ्रमको खेतीमा नरमाउन आग्रह गरेका थिए । उनले कसले र कसरी सरकार फेर्ने चर्चा चलाएको भने खुलाएनन् ।

उपप्रधानमन्त्री पौडेलले अहिलेको प्रतिनिधि सभाबाट बन्ने सबैभन्दा बलियो सरकार यही रहेको स्थिरताको लागि अन्य विकल्प नभएको बताए । उनले देशको अर्थतन्त्र सुधार गर्न सरकारले विशेष अभियान थालेको केही सुधार पनि आइसकेको जनाए ।

रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अहिले सबै उद्योगले ४० प्रतिशत पनि उत्पादन गर्न नसकेकाले त्यसको अवस्था सुधार्न कार्यान्वयनमुखी उद्योग नीति ल्याउन सरकारलाई आग्रह गरेका थिए ।

लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रको साथ चाहिने बताउँदै उत्पादनमुखी र निर्यातमुखी उत्पादनमा विशेष ध्यान दिन सुझाव दिनु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले आद्योगिक नीति र स्थिर सरकार नहुँदा समस्या परिरहेको बताउँदै सरकारले विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो ।

पत्रकार पाण्डेलाई औद्योगिक पत्रकारिता पुरस्कार

पत्रकार दिनेश पाण्डे उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०८०बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघको सहकार्यमा स्थापित औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार पाण्डे शनिबार पुरस्कृत भएका हुन् । उपप्रधानमन्त्री विष्णु पौडेल संघका अध्यक्ष दिलिप सापकोटाले पाण्डेलाई पुरस्कृत गरेका हुन् । साढे २ दशकभन्दा लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाइ पत्रकारितामा क्रियाशील रहेका पाण्डे लुम्बिनी टेलिभिजन र समयचक्र डट कममा आवद्ध छन् । पुरस्कारको राशी ४७ हजार १५५ रुपैयां रहेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा संघले २०५७ सालमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कृत हुने पत्रकार छनोटका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार छवि पाण्डेको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । पुरस्कृत भएपछि बोल्दै पाण्डेले औद्योगिक पत्रकारिता पुरस्कारले आर्थिक क्षेत्रमा कलम चलाउन थप उत्प्रेरणा प्राप्त भएको बताए । उनले रुपन्देही औद्योगिक नगरी भएको र यहाँको औद्योगिक विकासका लागि आफ्नो क्षेत्रबाट कलम चलाउने पनि बताए ।

उत्कृष्ट उद्योगी तथा विभिन्न क्षेत्रमा उत्कृष्टलाई सम्मान

कार्यक्रममा संघका सदस्य उद्योगहरुमा कार्यरत कर्मचारीका छोराछोरीहरुमध्येबाट कक्षा ८ उत्र्तीण गरी सामुदायिक विद्यालयमा ९ मा अध्ययनरत एकजना छात्र र एकजना छात्रालाई नगद छात्रवृत्ति स्वरुप रु.१०,०००।— का दरले पुरस्कार प्रदान गरिएको छ । छात्रतर्पm युनाइटेड प्लाष्टिक इण्डष्ट्रिजमा कार्यरत कर्मचारी गोविन्द वयम्बु तथा जमुना वयम्बुका छोरा कालिका मानवज्ञान मा.वि.मा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हिमाल बयम्बु, छात्रातर्पm इन्टरटेक प्रा.लि.मा कार्यरत दुर्गाबहादुर अर्गालीको छोरी कालिका मानवज्ञान मा.वि.मा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सृष्टी अर्गालीलाई सम्मान गरिएको छ ।

स्थापना दिवसको अवसरमा बुटवलमा ८ मा अवस्थित ज्ञानज्योती पुस्तकालय संचालन सहयोग स्वरुप २५ हजार सहयोग प्रदान गरिएको थियो ।

त्यसैगरी रुपन्देहीको शैक्षिक विकासमा अहोरात्र खटिएका शिक्षाविद् घनश्याम पाठकलाई पनि सम्मान गरिएको थियो

रुपन्देही उद्योग संघमा वि.सं.२०५८ सालदेखि कम्प्युटर अप्रेटर पदमा रही निरन्तर सेवा गर्नु भएकी कर्मचारी मालती कु“वरले स्वच्छिक अवकास लिएकाले सम्मान गरिएको थियो ।

इन्स्योर परियोजना र रुपन्देही उद्योग संघको सहकार्यमा लुम्बिनी प्रदेशमा संचालनमा रहेका अप्रेन्टिसिप कार्यक्रम संचालन गर्ने क्रममा उद्योग क्ष्ँेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने उद्योग र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । जसअन्र्तगत सिद्धिविनायक अटो वक्र्समा कार्यरत महाकवि देवकोटा मा.वि.सुनवलमा अध्ययनरत विद्यार्थी शैलेन्द्र खवास, टाइगर प्यालेसमा कार्यरत शान्ति नमुना मा.वि. मणिग्राममा अध्ययनरत विद्यार्थी स्नेहा अधिकारी, इन्टरटेक प्रालिमा कार्यरत केएनपीआईमा अध्ययनरत मेकानिकल विद्यार्थी प्रशंसा मल्ल, अर्घाखा“ची सिमेन्टमा कार्यरत केएनपीआईमा अध्ययनरत इलेक्ट्रिकल विद्यार्थी इमरान आलम, चन्द्रमान निर्माण सेवामा कार्यरत जनता मा.वि.तिलोत्तमामा अध्ययनरत सिभिल इन्जिनियरिड्ड विद्यार्थी सन्दिप धवल उद्योगतर्फ पञ्चकन्या स्टिल रुपन्देही,लिटमस केबल इण्डष्ट्रिज लि., अर्घाखा“ची सिमेन्ट पुरस्कृत भएका छन् ।। मूल्यांकन समितिको संयोजक संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले गर्नु भएको थियो ।

संघले उत्कृष्ट युवा उद्यमी मेटल काष्ठ प्रा.लि.का प्रबन्ध निर्देशक निश्चल शर्मा,उत्कृष्ट महिला उद्यमी न्यू लक्ष्मी सःमिलकी संचालक लालुमाया थापा,उत्कृष्ट पर्यटन उद्यमी ड्रिमल्याण्ड गोल्ड रिर्सोट होटल प्रा.लि.का अध्यक्ष उत्कृष्ट पर्यटन उद्योगी गोपाल राना, उत्कृष्ट कृषि तथा पशुजन्य उद्यमी उमादेवी पशु विकास फार्म प्रा.लि.का संचालक यज्ञमूर्ति खनाल, उत्कृष्ट निर्यातकर्ता उद्यमी माउण्ट रोजिन एण्ड टर्पेन्टाइन इण्डष्ट्रिज प्रा.लि.का संचालक बसन्त रोक्का क्षेत्री, उत्कृष्ट रोजगारदाता उद्योग पन्चकन्या ग्रुप सम्मानित भएका छन् । त्यसैगरी अग्रज उद्यमीतर्फ हिमचुली बंगुर पालन उद्योग÷ गंगा गार्डेनका संचालक दलबहादुर थापा, तिनाउ टप किचन इण्डष्ट्रिजका संचालक पुरन सिलवाल, गौतम बोडी बिल्डर्सका संचालक खड्क बहादुर गौतम सम्मानित भएका थिए । तयसैगरी १३ गते आयोजित अन्तरउद्योगी ब्याडमिन्टन प्रतियोगितामा प्रमुख एम्पाएर रहेका अर्जुन कार्की, अनुशासित खेलाडी यज्ञ मरासिनी, उत्कृष्ट खेलाडी भानु खत्री, तृतीय नारायण प्रसाद खनाल र बलबहादुर गोदार तथा बोनिन पिया र जीवकान्त काफ्लेको जोडी, द्वितीय दिलिप गौचन र बाबुराम पाठक, प्रथम नरबहादुर श्रीस र घनश्याम पौडेल (रामु)लाई पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा संघले सदस्य उद्योगीहरुको विस्तृत विवरण सहितको उद्योगी डाइरेक्टरी २०८१को पनि बिमोचन सम्पन्न गरिएको थियो । बिमोचन कार्यक्रममा डारेक्टरी २०८१ को संयोजक विशाल बेलबासेले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम संचालन संघका महासचिव हिरामणी भट्टराईले गर्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले धन्यावद ज्ञापन सहित कार्यक्रम सपापन भएको जानकारी गराउनु भएको थियो ।