रुपन्देही उद्योग संघको आयोजनामा व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य तालिम शुभारम्भ

रुपन्देही उद्योग संघको आयोजनामा व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य तालिम शुभारम्भ
२०८१, असोज १५
बुटवल
रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योरदोश्रो–चरण)को सहकार्यमा संचालित सिप विकास इकाईको आयोजनामा जिल्लाका विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरुका लागि ३ दिवसीय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयक तालिमको शुभारम्भ भएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले यस तालिममा सहभागि हुनु भएका प्रशिक्षार्थीहरुको अभ्यास तथा उनीहरुको सिकाइमा क्षमता अभिवृद्धि गर्ने कार्यमा थप प्रगती हुने साथै सिकेका कुराहरु व्यवहारमा लागु गर्न सहभागिहरुलाई उत्पे्ररित गर्दै आ—आफ्नो उद्योगमा सुरक्षा र स्वास्थयका जोखिमहरु कम हुनुका साथै सुधारात्मक योजनाहरु निर्माण गर्न उद्योग संघको योगदान रहने विश्वास दिलाउनु भयो । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलिले स्वागत मन्तव्य राख्नुहुँदै उद्योगमा व्यवसायजन्य सुरक्षाले कामदारहरूको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न, कार्यस्थलमा दुर्घटना र रोगहरूलाई कम गर्न, तथा कामको वातावरणलाई सुरक्षित र स्वस्थ बनाउन योगदान पु¥याउने भन्दै तालिमका सहभागिहरुलाई शुभकामना दिनु भएको थियो ।
शुभारम्भ कार्यक्रममा प्रमुख प्रशिक्षक ई.दिनेश शाहले यस तालिम अवधिमा उद्योग व्यावसायमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको महत्व, श्रम ऐन, वातावरणीय समस्याहरुको पहिचान, जीवन रक्षा, व्यवस्थापकीय प्रणाली विद्युतीय, रसायन आदिवाट सुरक्षित हुने उपायहरु जस्ता धेरै विषयमा तालिमका सहभागिहरुलाई सचेतना अभिवृद्धि गरी संभावित दुर्घटनावाट उद्योग तथा त्यहाँ रहेको जनशक्तिको सुरक्षा र स्वास्थ्यमा सम्वद्र्धन र प्रर्वद्धन गर्न प्रशिक्षार्थीहरुको क्षमता विकास गर्ने जानकारी दिनु भयो ।
असोज १५गते देखि १७ गतेसम्म संचालन हुने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिममा १८ वटा उद्योग प्रतिष्ठानवाट २२ जनाको सहभागिता रहेको छ । कार्यक्रममा रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, सहकोषाध्यक्ष बिशाल बेलबासे, कार्यसमिती सदस्य राजु घिमिरे, रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सीपविकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नु भएको कार्यक्रमको संचालन रुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईले गर्नु भएको थियो ।