RCI



उद्योगहरूमा मानव संसाधन नीति तयार गर्न कार्यशाला सम्पन्न ।

उद्योगहरूमा मानव संसाधन नीति तयार गर्न कार्यशाला सम्पन्न ।

उद्योगहरूमा मानव संसाधन नीति तयार गर्न कार्यशाला सम्पन्न ।

बुटवल, २०८१, ११ पुष

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास ईकाइको व्यवस्थापनमा उद्योगहरूको मानव संसाधन नीति निर्माणका लागि एक दिवसीय कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले उद्योगीहरूलाई अत्यावश्यक रहेको मानव संसाधन योजनाले औद्योगिक विकासमा टेवा पुयाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनु हुँदै कुनै पनि संस्थाको लक्ष्य प्राप्त गर्न मानव स्रोतको सही व्यवस्थापन महत्वपूर्ण रहेको बताउन’ह’दै वहाँले मानव स्रोत र क्षमता बीचको तालमेल मिलाउन सबैलाई आग्रह गर्नुभयो ।

रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले शुभकामना मन्तव्य दिँदै यो योजनाले संगठनलाई आवश्यक जनशक्ति व्यवस्थापनमा सहजीकरण मात्र नगरी कर्मचारीहरूको व्यक्तित्व विकास र संगठनमा दीर्घकालीन योगदान सुनिश्चित गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

मुख्य प्रशिक्षकको भूमिकामा रहनुभएका डा.तारक बहादुर केसीले प्रशिक्षण दिँदै मानव संसाधन योजना निर्माणको परिभाषा, मानव संसाधन योजना निर्माणका चरणहरू, यसका महत्वपूर्ण पक्षहरू, मानव संसाधन योजना निर्माणको उद्देश्यहरू, मानव संसाधन योजना निर्माणका लाभहरू र यसबाट आउने समस्यालाई कसरी निराकरण गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा रूपन्देही उद्योग संघका सह कोषाध्यक्ष विशाल बेलबासे , रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी,प्रमुख प्रशिक्षक डा.तारक बहादुर केसी ,इन्स्योर परियोजना दोस्रो चरणका लुम्बिनी प्रदेश टिभेट कोर्डिनेटर राजकुमार सेतीमहर , इन्स्योर परियोजना दोस्रो चरणका प्राविधिक अधिकृत विनय गौतम लगायत होटल , अटोमोबाइल हाइड्रो र उत्पादनमूलक उद्योगहरूका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो।