RCI



नेपालगञ्जमा रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाले संचालन गरेका इन्स्ट्रुमेसन, अटोमेशन तथा भिएफडी तालिम समापन

नेपालगञ्जमा रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाले संचालन गरेका  इन्स्ट्रुमेसन, अटोमेशन तथा भिएफडी तालिम समापन

नेपालगञ्जमा रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाले संचालन गरेका

इन्स्ट्रुमेसन, अटोमेशन तथा भिएफडी तालिम समापन

बुटवल, आषाढ, २३

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आयोजना तथा नेपालगञ्ज उद्योग वाणिज्य संघको सहयोगमा नेपालगञ्ज उद्योग वाणिज्य संघको हलमा सञ्चालित इन्स्ट्रुमेसन, अटोमेशन तथा भिएफडी तालिम समापन भएको छ । जेठ १५ गतेबाट सुरु भएको २० दिने इण्डष्ट्रियल इन्स्ट्रुमेसन तथा अटोमेशन र असार ५ गते सुरु भएको १६ दिने भिएफडी सीप अभिवृद्धि तालिमको आइतबार एक समारोहकाबीच नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेमा समापन गरिएको हो । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी प्रमुख अतिथि रहनु भएको थियो ।

समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले विभिन्न उद्योग क्षेत्रमा रहेका उद्योगी तथा मजदुरहरुलाई दक्ष बनाउन यस प्रकारका विद्यागत तालिमको आयोजना गरेको र यसको सकारात्मक प्रभाव पर्दै गईरहेको बताउनु भयो वहाँले आगामी दिनहरुको कार्ययोजना सम्बन्धनमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले रुपन्देही उद्योग संघले हाम्रो क्षेत्रमा आएर यस प्रकारको तालिम संचालन गरी उद्योगीहरुलाई ऊर्जा थप्ने काम गरेको बताउन हुँदै आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता राख्न आग्रह गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्न र थप निखारता ल्याउन प्रशिक्षार्र्थीहरुलाई आग्रह गर्नुभयो । नेपालग ञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी वलीले यो तालिमले प्रशिक्षार्थाीरुलाई क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुहुँदै दुई संस्थाबीचको सहकार्यलाई आगामी दिनमा अझ अगाडि बढाउन सहयोग पुग्ने बताउनु भएको थियो । कार्यक्रममा रुपन्देही उद्योग संघका द्धितीय उपाध्यक्ष हरिबहादुर खत्री, प्रशिक्षक अनुज कुमार रौनियार, इन्स्योर परियोजना संयोजक खिमानन्द रिजाल लगायतले यस प्रकारका बिद्यागत तालिमले उद्योग क्षेत्रलाई सहज बनाउने बताउनु भएको थियो । सो तालिममा सहभागीमध्ये इस्टोमेशनबाट हरिबहादुर न्यौपाने, अटोमेशनबाट सन्तोष कुमार शाह, भिएफडीबाट उमादत्त भट्टले तालिम सम्बन्धी सिकाई र अनुभवहरु सुनाउनु भएको थियो ।

समापन कार्यक्रममा संघका सहकोषाध्यक्ष बिशाल बेलबासेले स्वागत गर्नु भएको थियो भने संचालन रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले गर्नु भएको थियो । विभिन्न उद्योगमा कार्यरत ५८ जना कर्मचारीहरुको तालिममा सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई सो अवसरमा प्रमाण पत्र वितरण गरिएको थियो ।