इन्स्ट्रुमेसन तालिमको समापन ।

इन्स्ट्रुमेसन तालिमको समापन ।
बुटवल, १० वैशाख
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि सञ्चालित निःशुल्क १६ दिने इन्स्ट्रुमेसन तालिमको बुटवलमा समापन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षत ा अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर समेत सिर्जनागर्न यस्ता तालिमले सहयोग पुर्याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादन गर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो । वहाँले तालिमबाट सिकेका सीपहरू व्यवहारमाउतार्न, उद्योग व्यवसायमा लागत कम गरी उत्पादन वृद्धि गर्न र आफ्नो साथसाथै उद्योगको उपलब्धि मूलक काममा लाग्न सल्लाह दिनुभयो ।
तालिममा प्रमुख प्रशिक्षक रहनु भएका अखिलेश यादवले यस तालिम सफलता पूर्वक सम्पन्न गर्न पाउँदा आफू अत्यन्तै खुसी रहेको, सहभागीको लगनशीलता जिज्ञासा र मेहनत सराहनीय रहेको र तालिममा सबैले सिक्ने इच्छाशक्ति देखाउन ुभएकोमा प्रशिक्षार्थीहरूलाई धन्यवाद दिनुहुँदै सिकेका सीपले भविष्यमा आत्मनिर्भर बन्ने यात्रामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्नुहुँदै भेनस हाइड्रो इलेक्ट्रिक प्रालीकी लक्ष्मी थारुले आफूले सिकेका सीपलाई प्रभावकारी ढंगबाट व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी अर्का प्रशिक्षार्थी अर्घाखाँची सिमेन्टका सुचन बेलबासेले १६ दिनमा धेरै कुरा सिक्न पाएको र सिकेको ज्ञानलाई आजैबाट ब्यवहारमा उतारी उद्योगलाई दीर्घकालीन रुपमा सफल बनाउन लागिपर्ने वताउनु भयो ।
रूपन्देही उद्योग संघकी महिला सचिव मञ्जु भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा १५ उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो ।