RCI



औद्योगिक  एसी तथा फ्रिज मर्मत तालिम शुभारम्भ । 

औद्योगिक  एसी तथा फ्रिज मर्मत तालिम शुभारम्भ । 

औद्योगिक  एसी तथा फ्रिज मर्मत तालिम शुभारम्भ । 
बुटवल, २४ कार्तिक २०८२
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाइको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्ससँग सम्बन्धित उत्पादनमूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि औद्योगिक एसी तथा फ्रिज मर्मत विषयक १६ दिने (९६ घण्टे) निःशुल्क तालिम बुटवलमा आजबाट औपचारिक रूपमा सुरु गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्घाटन समारोहमा बोल्नुहुँदै उद्योगमा प्रयोग हुने शीतल तथा वातानुकूलन प्रणालीका लागि सीपयुक्त प्राविधिक जनशक्ति अत्यावश्यक भएकाले तालिमले उत्पादनमूलक उद्योगहरूलाई गुणस्तरीय सेवा तथा दक्ष जनशक्ति उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । वहाँले तालिमबाट प्राप्त हुने सीपले सहभागीहरूलाई समाजमा परिवारसँग सम्मानित रूपमा जीवनयापन गर्न सक्षम बनाउने तथा यस क्षेत्रमा प्राविधिक जनशक्तिको अभावका कारण भारत बाट जनशक्ति ल्याउनुपर्ने बाध्यता घट्दै जाने स्पष्ट पार्नुुभयो ।
रूपन्देही उद्योग संघका कार्यसमिति सदस्य लालप्रसाद बस्यालले सहभागीहरूलाई स्वागत गर्नुहुँदै  तालिमले उद्योगमा कार्यरत प्राविधिकहरूलाई उन्नत सीप, त्रुटि पहिचान क्षमता र ऊर्जा–दक्ष अभ्यासमा सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षकको रुपमा रहनुभएका सुमित श्रेष्ठले तालिमको संरचना, उद्देश्य र व्यावहारिक कार्यविधिबारे प्रकाश पार्दै तालिममा एसी तथा फ्रिज प्रणालीको संरचना, डायग्नोस्टिक मेथड, मर्मत–सम्भार, सुरक्षा मापदण्ड र ऊर्जा–दक्ष सञ्चालन प्रविधि समावेश गरिने साथै तालिममा एसी तथा फ्रिज प्रणालीको संरचना, डायग्नोस्टिक मेथड, मर्मत–सम्भार, सुरक्षा मापदण्ड र ऊर्जा–दक्ष सञ्चालन प्रविधि समावेश गरिने बताउनुभयो ।
रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालको सञ्चालनमा भएको कार्यक्रममा १६ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको छ । कार्यक्रममा कार्यसमिति सदस्य पार्वती गिरी र शारदा रेग्मी भट्टराईको विशेष उपस्थिति थियो । 
विदेशी प्राविधिकमा निर्भरता घटाई स्थानीय युवालाई सम्मानित रोजगारी तथा जीवनयापनका अवसर उपलब्ध गराउने यस तालिमको मुख्य उद्देश्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।