RCI



सिप अभिवृद्धि तालिम पहिचान कार्यशाला सम्पन्न 

सिप अभिवृद्धि तालिम पहिचान कार्यशाला सम्पन्न 

सिप अभिवृद्धि तालिम पहिचान कार्यशाला सम्पन्न 
मङ्सिर २, २०८२ 
बुटवल

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा दक्ष जनशक्ति तयार गर्न  सिप र क्षमता अभिवृद्धिमा सहयोग  पुर्‍याउने उद्धेश्यले आयोजना गरिएको उद्योगहरुमा कार्यरत पेशाकर्मीहरुका लागि सिप अभिवृद्धि तालिम पहिचान कार्यशाला  सम्पन्न भएको छ  ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुहुदै  व्यवसायिक संघसंस्था, उद्योग प्रतिष्ठानहरुको माग र आवश्यकताका आधारमा सिप अभिवृद्धि तालिमको पहिचान पश्चात तालिम संचालन प्रक्रियाहरु, पाठ्यक्रम विकास, सहभागिहरुको छनोट र उद्योगहरुको अपनत्वलाई समेत ध्यानमा राखि आगामी योजना निर्माणमा यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । यस्ता तालिमले विद्यमान उद्योगमा रहेको जनशक्तिको क्षमता विकास भई उद्योगको उत्पादन क्षमता वृद्धि गरी उत्पादन लागत कम गर्न सहयोग पुग्न बताउनुभयोे । 

कार्यक्रमका होटल एसोसिएसन रूपन्देहीका अध्यक्ष माधवकुमार खनाल, कम्प्युटर एसोसिएसन नेपाल रूपन्देहीका अध्यक्ष जीवन अधिकारी, बुटवल औद्योगिक क्षेत्र उद्योग संघ बुटवलका अध्यक्ष उपेन्द्र अग्रवाल, मुद्रण उद्योग संघ रूपन्देहीका उपाध्यक्ष सागर पाठक, लुम्बिनी बेकरीज एसोसिएसन रूपन्देहीका अध्यक्ष देवानन्द पाण्डे, फर्निचर उद्योग संघ रूपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र रुचाल तथा बुटवल अटो इन्जिनियरिङ्गका हिमाल खनाल लगायतका उद्योग प्रतिनिधिहरूले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
वहाँहरूले उद्योगमा आवश्यक जनशक्ति व्यवस्थापनका विद्यमान चुनौती, कामदारको दक्षता वृद्धि तथा सीप–स्तर उन्नतिका लागि व्यवस्थापनमै आधारित तालिमको अपरिहार्यता र बदलिँदो प्रविधिको मागअनुसार सिकाइको प्रभावकारी स्थानान्तरणका विषयमा महत्वपूर्ण सुझाव राख्नुभएको थियो ।
उद्योग क्षेत्रमा देखिएका व्यावहारिक समस्या, उत्पादनशीलता वृद्धि र आधुनिक सीपसम्पन्न जनशक्ति विकासका लागि यस्ता कार्यशालाले महत्वपूर्ण आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यशालाका सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुहुदै रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगी व्यवसायीहरुको आबश्यकता र मागलाई ध्यानमा राखि सहभागितामूलक रुपमा तालिमको पहिचानका लागि महत्वपूर्ण सुझाव अनुसारका तालिमहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रुपन्देही उद्योग संघमा स्थापित सिप विकास इकाई अर्न्तगत हाल सम्म भएको कार्यप्रगति विवरण र सिप अभिवृद्धि तालिम पहिचान, क्षेत्र, प्रशिक्षार्थीहरुको योग्यता, संचालन प्रक्रियाका वारेमा संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले प्रस्तुतीकरण गर्नु भएको थियो । 
इन्स्योर परियोजना टिभेट कोर्डिनेट राजकुमार सेती महरले जनशक्ति विकासका लागि सञ्चालन गरिने सीप–स्तरोन्नति तालिम तथा दीर्घकालीन तालिमका अवसरहरूबारे जानकारी गराउनुहुदै उद्योग प्रतिष्ठानहरूले आफ्ना आवश्यकताअनुसार तालिम तथा जनशक्ति मागसम्बन्धी विवरण प्रविष्ट गर्न सक्ने सम्पर्क माध्यम तथा सूचना प्रविष्टि वेबसाइटको प्रयोग–विधि र यसको उपयोगिताबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका कार्यसमिति पदाधिकारी , उद्योग प्रतिष्ठान,व्यावसायिक संघसंस्था लगायत २६ वटा उद्योग प्रतिष्ठानवाट ३७ जनाको सहभागितामा रहेको थियो । रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रमको व्यवस्थापन सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नु भएको थियो ।