RCI



उद्योगहरूमा मानव संसाधन नीति तयार गर्न कार्यशाला सम्पन्न ।

उद्योगहरूमा मानव संसाधन नीति तयार गर्न कार्यशाला सम्पन्न ।

उद्योगहरूमा मानव संसाधन नीति तयार गर्न कार्यशाला सम्पन्न ।
बुटवल, २०८२, फागुन २८  
रूपन्देही उद्योग संघ र इन्स्योर  परियोजनाको सहकार्यमा स्थापित सीप विकास ईकाइको आयोजनामा उद्योगहरूको मानव संसाधन नीति निर्माणका लागि एकदिवसीय कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता रहेको कार्यक्रममा वहाँले उद्योगीहरूलाई अत्यावश्यक रहेको मानव संसाधन योजनाले औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनुहुँदै कुनै पनि संस्थाको लक्ष्य प्राप्त गर्न मानव स्रोतको सही व्यवस्थापन महत्वपूर्ण रहेको साथसाथै मानव स्रोत र क्षमताबीचको तालमेल मिलाउन सबैलाई आग्रह गर्नुभयो । मुख्य प्रशिक्षकको भूमिकामा रहनुभएका राजेन्द्र लम्सालले  प्रशिक्षण दिँदै मानव संसाधन योजना निर्माणको परिभाषा, मानव संसाधन योजना निर्माणका चरणहरू, यसका महत्वपूर्ण पक्षहरू, मानव संसाधन योजना निर्माणको उद्देश्यहरू, मानव संसाधन योजना निर्माणका लाभहरू र यसबाट आउने समस्यालाई कसरी निराकरण गर्ने भन्ने विषयमा सहजीकरण  गर्नुभएको थियो ।  कार्यक्रममा रूपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष युवराज आचार्य, इन्स्योर परियोजना लुम्बिनी प्रदेश टिभेट कोर्डिनेटर राजकुमार सेतीमहर लगायत होटल, अटोमोबाइल, हाइड्रो र उत्पादनमूलक उद्योगहरूका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा होटल ,अटोमोबाइल, हाइड्रो र विभिन्न उत्पादनमूलक उद्योग गरी २० उद्योगबाट २२ जनाको सहभागिता रहेको कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो । यस कार्यशालाबाट यस जिल्लाका १० वटा उद्योगहरुको मानव शंसाधन नीति तयार गर्ने लक्ष्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।