RCI



थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स तालिम शुभारम्भ ।

थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स तालिम शुभारम्भ ।
थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स तालिम शुभारम्भ ।
नवलपरासी, १ चैत्र २०८२
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स सम्बन्धी १६ दिने (९६ घण्टे) निःशुल्क तालिम नवलपरासीमा आजबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
रूपन्देही र नवलपरासी आसपासका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न उद्योगमा कार्यरत इलेक्ट्रिकलसँग सम्बन्धित पेशाकर्मीहरूको प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो । उद्योग क्षेत्रमा प्रयोग हुने थ्री फेज विद्युत् प्रणालीको सुरक्षित सञ्चालन, मर्मत तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै उत्पादनमूलक उद्योगमा दक्ष जनशक्ति तयार पार्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।
१६ दिनसम्म सञ्चालन हुने यस तालिममा सहभागीलाई थ्री फेज पावर नेटवर्कको आधारभूत अवधारणा, विद्युत् लाइन तथा नेटवर्कको संरचना, मोटर कनेक्सन, विद्युत् प्रणालीमा आउने सामान्य समस्या पहिचान र समाधान, उपकरणको सुरक्षित प्रयोग तथा नियमित मर्मतसम्भारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिनेछ ।
तालिमका मुख्य प्रशिक्षक इन्जिनियर अखिलेश यादवले उद्योग क्षेत्रमा प्रयोग हुने विद्युत् प्रणाली अत्यन्त संवेदनशील भएकाले त्यसको सही सञ्चालन र मर्मतका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउदै  वहाले यस तालिममार्फत सहभागीहरूलाई थ्री फेज पावर नेटवर्कको प्राविधिक पक्ष, मोटर तथा इलेक्ट्रिकल उपकरणहरूको सही जडान, सम्भावित विद्युत् समस्या पहिचान तथा समाधानका उपायका साथै सुरक्षा मापदण्डसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो ।
उनका अनुसार तालिमले उद्योगमा कार्यरत प्राविधिक जनशक्तिको कार्यदक्षता बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै आधुनिक प्रविधिसँगै उद्योगमा प्रयोग हुने विद्युत् प्रणालीको प्रभावकारी सञ्चालन र मर्मतसम्भारमा पनि यस तालिमले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 
१६ दिनसम्म सञ्चालन हुने तालिममा १४ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको छ ।
थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स सम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गर्दै उद्योग तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने विद्युत् प्रणालीको सुरक्षित जडान, सञ्चालन र मर्मत सम्भार गर्न सक्ने दक्ष तथा सक्षम प्राविधिक जनशक्ति उत्पादन गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।